Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज

सारांश

  • गत हप्ता ‘पोखरा भ्रमण वर्ष २०२५’को औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री र अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै आचार्यलाई जलनको समस्या भएको थियो।
  • त्यसपछि उनीलाई किर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना गरिएको थियो ।
  • आचार्यले बिहीबार एक सार्वजनिक सन्देशमार्फत आफ्नो स्वास्थ्यलाभको जानकारी दिएका छन् ।

 

१५ फागुन,  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले १२ दिनको अस्पताल बसाइपछि नियमित काममा फर्कने घोषणा गरेका छन् । गत हप्ता ‘पोखरा भ्रमण वर्ष २०२५’को औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री र अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै आचार्यलाई जलनको समस्या भएको थियो। त्यसपछि उनीलाई किर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना गरिएको थियो ।

आचार्यले बिहीबार एक सार्वजनिक सन्देशमार्फत आफ्नो स्वास्थ्यलाभको जानकारी दिएका छन् । उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका परिवारलाई आभार व्यक्त गरे । साथै, उनले उपप्रधानमन्त्री विष्णु पौडेल, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विभिन्न प्रमुख नेताहरूसँगै समस्त कूटनीतिक नियोग र आम पोखरेलीलाई धन्यवाद ज्ञापन गरेका छन् ।आचार्यले भनेका छन्, ‘यस कठिन समयमा तपाईंहरूले प्रदान गर्नुभएको सद्भाव, मायालु सन्देश, र मनोबल अत्यन्त प्रेरणादायी रहेका छन् ।

 

अब म पोखरा फर्केर काममा जुट्नका लागि तयार छु र तपाईंहरूको सहयोग र सुझावको अपेक्षामा छु ।’ स्वास्थ्य सन्दर्भमा, आचार्यले विशेष सावधानी अपनाउनुपर्ने उल्लेख गरेका छन् । उनलाई कम्तिमा ६ महिना घामको प्रत्यक्ष सम्पर्कमा नजाने, भिडभाडमा नजाने र स्वास्थ्य प्रोटोकल कडाईका साथ पालना गर्नुपर्नेछ । ‘हात नमिलाउने, नियमित स्वास्थ परीक्षण गराउने र डाक्टरको सल्लाह लिनुपर्नेछ,’ उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु
सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु
बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ
बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ
मेयर बालेन शाहको प्रश्न- हाम्रा समस्या संघीय सरकारलाई नै भन्नपर्ने भए किन चाहियो प्रदेश?
मेयर बालेन शाहको प्रश्न- हाम्रा समस्या संघीय सरकारलाई नै भन्नपर्ने भए किन चाहियो प्रदेश?
ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर
ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर
सातै प्रदेशमा मतदान जारी
सातै प्रदेशमा मतदान जारी
प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान
पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान