ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
३९ पटक हेरिएको
Shares
ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर

सारांश

  • पछिल्ला महिना ब्याजदर घट्ने क्रम रोकिएको छ ।
  • वाणिज्य बैंकहरूले फागुन महिनाका लागि सार्वजनिक गरेको सूचीअनुसार १८ को ब्याजदर स्थिर छ ।
  • ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ ।

३० माघ, काठमाडौं । पछिल्ला महिना ब्याजदर घट्ने क्रम रोकिएको छ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि सार्वजनिक गरेको सूचीअनुसार १८ को ब्याजदर स्थिर छ । ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ ।

यसअघि माघ महिनामा पनि १८ बैंकको ब्याजदर स्थिर थियो । पुस महिनामा १४ बैंकको स्थिर थियो भने मंसिर महिनामा ८ बैंकले स्थिर राख्दा ११ बैंकले घटाएका थिए । विगतका महिना अत्याधिक घट्दै गएको ब्याजदर पछिल्ला २ महिनादेखि घट्ने क्रम रोकिएको छ ।समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर छ । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । माघमा पनि ६.० प्रतिशत नै थियो । व्यक्तिगत मुद्दतीमा ५ वर्षमाथिको अवधिका लागि केही बढी ब्याजदर तोकिएको छ भने न्यून अवधिको ब्याजदर पनि कम छ ।

फागुन महिनाका लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६.६ प्रतिशत छ । जुन लामो अवधिका लागि हो । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेकाले बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । अबका केही महिना नै ब्याजदर प्रायः स्थिर नै रहने अनुमान गरिएको छ । पछिल्लो पटक बैंकहरुबाट जाने कर्जा रकम भने बढ्न थालेको छ । यहीं कारण बैंकहरूले ब्याजदर घटाउन रोकेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म कुल २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
माधव नेपालको दाबी: मेरो त भ्रष्टाचारको केस नै होइन
माधव नेपालको दाबी: मेरो त भ्रष्टाचारको केस नै होइन
आज पनि बस्दै विपक्षी दलहरुको बैठक
आज पनि बस्दै विपक्षी दलहरुको बैठक
शनिबारदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’
शनिबारदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर
‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ
‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ