आज पनि बस्दै विपक्षी दलहरुको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ४, २०८१
|
|
५७ पटक हेरिएको
Shares
आज पनि बस्दै विपक्षी दलहरुको बैठक

सारांश

  •   शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बस्न लागेको हो।
  •   बैठकपछि आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने प्रचण्डको सचिवालयले जनाएको छ।
  • गएको बुधबार पनि प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा बसेको थियो।

संसद्का ६ वटा विपक्षी दलको बैठक आज पनि बस्दैछ।  शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बस्न लागेको हो।  बैठकपछि आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने प्रचण्डको सचिवालयले जनाएको छ। गएको बुधबार पनि प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा बसेको थियो।

बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेको थियो। संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै विपक्षी दलले आपत्ति प्रकट गरेका छन्। बुधबार बसेको बैठकले विपक्षी दलको संयुक्त वक्तव्य तयार गर्न माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषाललाई जिम्मेवारी दिएको थियो। सरकारले संसद्लाई छलेर धमाधम अध्यादेश ल्याउन थालेपछि विपक्षी दलहरु जुर्मुराएका हुन्।

सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत स्वेच्छाचारी ढंगले शासन चलाउन खोजेको भन्दै विपक्षी दलले सरकारलाई नियमित हिउँदै अधिवेशन बोलाउन दबाब सिर्जना गर्ने तयारी गरेका छन्।  सरकारले तुरुन्तै हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारीसमेत विपक्षी दलबीच भएको माओवादीका उपमहासचिव वर्षमान पुनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
काठमाडौंको बत्तीसपुतलीमा ग्याङफाइट : एकको मृत्यु, चारजना पक्राउ
काठमाडौंको बत्तीसपुतलीमा ग्याङफाइट : एकको मृत्यु, चारजना पक्राउ
वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द
वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड
गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै,
वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै,
आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने