Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज पनि बस्दै विपक्षी दलहरुको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ४, २०८१
|
|
६२ पटक हेरिएको
Shares
आज पनि बस्दै विपक्षी दलहरुको बैठक

सारांश

  •   शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बस्न लागेको हो।
  •   बैठकपछि आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने प्रचण्डको सचिवालयले जनाएको छ।
  • गएको बुधबार पनि प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा बसेको थियो।

 

संसद्का ६ वटा विपक्षी दलको बैठक आज पनि बस्दैछ।  शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बस्न लागेको हो।  बैठकपछि आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने प्रचण्डको सचिवालयले जनाएको छ। गएको बुधबार पनि प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा बसेको थियो।

बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेको थियो। संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै विपक्षी दलले आपत्ति प्रकट गरेका छन्। बुधबार बसेको बैठकले विपक्षी दलको संयुक्त वक्तव्य तयार गर्न माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषाललाई जिम्मेवारी दिएको थियो। सरकारले संसद्लाई छलेर धमाधम अध्यादेश ल्याउन थालेपछि विपक्षी दलहरु जुर्मुराएका हुन्।

सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत स्वेच्छाचारी ढंगले शासन चलाउन खोजेको भन्दै विपक्षी दलले सरकारलाई नियमित हिउँदै अधिवेशन बोलाउन दबाब सिर्जना गर्ने तयारी गरेका छन्।  सरकारले तुरुन्तै हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारीसमेत विपक्षी दलबीच भएको माओवादीका उपमहासचिव वर्षमान पुनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राखेको आरोपमा युवक पक्राउ
शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राखेको आरोपमा युवक पक्राउ
सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै
सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै
नदीमा डुबेर तीन बालक बेपत्ता
नदीमा डुबेर तीन बालक बेपत्ता
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
१५ वर्षिय बालक अपहरण, फिरौती माग ५ करोड
१५ वर्षिय बालक अपहरण, फिरौती माग ५ करोड
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ
विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री
विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री