Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
४१ पटक हेरिएको
Shares
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग भ्रष्टाचार निर्मूल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् ।
  • नेपाल विद्युत् प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् ।
  • उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको उल्लेख गरे ।

१० असोज, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग भ्रष्टाचार निर्मूल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् । उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको उल्लेख गरे । “देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने युवापुस्ताको चाहना पूरा गर्न जरुरी छ, ” उनले भने ।

सुशासनको विषयलाई गम्भीर रूपमा लागु गर्नुपर्ने उनको भनाइ थियो ।  जेनजी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रूपमा लिएर लागु गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उल्लेख गरे । “भ्रष्टाचार अब क्षम्य हुँदैन, अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही हुन्छ,” उनले भने । अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?