भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग भ्रष्टाचार निर्मूल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् ।
  • नेपाल विद्युत् प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् ।
  • उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको उल्लेख गरे ।

१० असोज, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग भ्रष्टाचार निर्मूल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् । उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको उल्लेख गरे । “देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने युवापुस्ताको चाहना पूरा गर्न जरुरी छ, ” उनले भने ।

सुशासनको विषयलाई गम्भीर रूपमा लागु गर्नुपर्ने उनको भनाइ थियो ।  जेनजी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रूपमा लिएर लागु गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उल्लेख गरे । “भ्रष्टाचार अब क्षम्य हुँदैन, अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही हुन्छ,” उनले भने । अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप
मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप
चार्टर जहाजबाट पोखरा आइपुगे १२९ जना चिनियाँ खेलाडी
चार्टर जहाजबाट पोखरा आइपुगे १२९ जना चिनियाँ खेलाडी
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ
इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, आसपास क्षेत्रमा सचेत रहन आग्रह
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, आसपास क्षेत्रमा सचेत रहन आग्रह
खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा
खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण