सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
५३ पटक हेरिएको
Shares
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल

सारांश

  •   सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरुलाई रासनको अभाव रहेको बताउनुभएको छ ।
  • शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले सुरक्षाकर्मीहरुले धेरै समस्यामा रहेर काम गर्नुपरेको उल्लेख गर्नुभयो ।

२ साउन, काठमाडौं । 

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरुलाई रासनको अभाव रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षाकर्मीहरुले धेरै समस्यामा रहेर काम गर्नुपरेको उल्लेख गर्नुभयो । काठमाडौंमा सशस्त्र प्रहरी बलले बिहानको चियादेखि बेलुकाको खानासम्म २०३ रुपैयाँमा रासनको व्यवस्था गर्नुपरेको बताउनु भयो ।

सुरक्षा बललाई पोशाक किन्न ३ अर्ब ७ करोड आवश्यक पर्ने भएपनि ६१ करोड १८ लाख मात्रै दिने गरिएको र यसले गुणस्तरीय पोशाक किन्न समस्या रहेको गुनासो गर्नुभयो । यसबारेमा सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मीहरुले धेरै समस्यामा काम गर्नु परिरहेको छ । रासनकै पनि धेरै कमी छ । काठमाडौंमा २०३ रुपैयाँ छ । त्यसले दिनभरको चियादेखि सुत्ने बेलासम्मको खानाको म्यानेज गर्नुपरेको छ ।

पोशाकमा नियमावलीमा दिएको अधिकारअनुसार किन्नुपर्दा पोशाक लगभग ३ अर्ब ७ करोड हामीलाई आवश्यक पर्दछ । जम्मा ६१ करोड १८ लाख दिइन्छ । क्वालिटीअनुसारको बुट, लुगा किन्न समस्या छ । यसको व्यवस्थापनमा नेपाल सरकार गम्भीर हुन जरुरी छ ।’ सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अपराध नियन्त्रणका लागि सीमामा अभिलेख राख्ने काम गरिरहेको पनि बताउनु भयो । मनोबलका लागि ५ सय जनाको इन्स्योरेन्स गरेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
महासंघको कार्यकारिणी बैठक बैशाख ९ गतेलाई सारियो
महासंघको कार्यकारिणी बैठक बैशाख ९ गतेलाई सारियो
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्
प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्
लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक ‘सेमिनार’ गरिने
लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक ‘सेमिनार’ गरिने
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
धरानका जेनजी आन्दोलनका सहिद परिवारलाई उपमहानगरले पाँच लाख राहत दिने
धरानका जेनजी आन्दोलनका सहिद परिवारलाई उपमहानगरले पाँच लाख राहत दिने
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै