करारका कर्मचारी व्यवस्थापनमा सरकारको ७ बुँदे निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १, २०८३
|
|
१९४ पटक हेरिएको
Shares
करारका कर्मचारी व्यवस्थापनमा सरकारको ७ बुँदे निर्णय

सारांश

  • सरकारले करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ ।
  •  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सातबुँदे निर्देशन जारी गर्दै करार कर्मचारी व्यवस्थापनमा कडाइ गरेको हो ।
  • उक्त निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायमा पत्राचार गरिएको छ ।

१ साउन, काठमाडौं ।

सरकारले करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सातबुँदे निर्देशन जारी गर्दै करार कर्मचारी व्यवस्थापनमा कडाइ गरेको हो । उक्त निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायमा पत्राचार गरिएको छ । नयाँ व्यवस्थाअनुसार सरकारी सेवाबाट अवकाश लिई उपदान वा निवृत्तिभरण (पेन्सन) खाइरहेका व्यक्तिहरू अब करार सेवामा रहन पाउने छैनन् । त्यस्ता कर्मचारीहरूलाई साउन १ गतेदेखि नै लागू हुने गरी ‘सधन्यवाद’ बिदाइ गर्ने निर्णय सरकारको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षणका कारण दरबन्दी कटौतीमा परेका तर हाल कार्यरत रहेका करार कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायले ‘पुल’ मा राख्नुपर्नेछ । त्यस्ता कर्मचारीहरूको एकीकृत विवरण अद्यावधिक गर्नेछ ।

नयाँ स्थापना भएका निकाय वा रिक्त दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न पाइने छैन । कुनै पनि निकायलाई करार कर्मचारी आवश्यक परे ‘पुल’ मा रहेका कर्मचारीहरूमध्येबाटै भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयमार्फत माग गरी पदपूर्ति गर्नुपर्ने छ । मन्त्रालयले मर्जर वा खारेजीको प्रक्रियामा रहेका निकायहरूको हकमा त्यस्ता नियकायको सम्पत्ति संरक्षण र दायित्व हस्तान्तरणका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति हाल कार्यरत करार कर्मचारीहरूबाटै छनोट गरिने जनाएको छ । उनीहरूको तलब भत्ताको व्यवस्था अर्थ मन्त्रालयले गर्नेछ । करार कर्मचारीहरूको दीर्घकालीन व्यवस्थापनका एक महिनाभित्र थप अध्ययन गर्ने पत्रमा उल्लेख छ । आगामी दिनमा करारमा नियुक्ति गर्दा पालना गर्नुपर्ने न्यूनतम सेवा शर्त, सुविधा र करार अन्त्य गर्दा उपलब्ध गराइने सुविधाका सम्बन्धमा उपयुक्त विकल्प सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ : माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ : माधव नेपाल
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
अमेरि  एयरलाइन्सको विमानमा आगलागी
अमेरि एयरलाइन्सको विमानमा आगलागी
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ
मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन: वामदेवको दाबी
मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन: वामदेवको दाबी
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
दमक भ्यू टावरलाई शुल्क लिएर सञ्चालन गर्न सरकारले दियो स्वीकृति
दमक भ्यू टावरलाई शुल्क लिएर सञ्चालन गर्न सरकारले दियो स्वीकृति
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश