Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

इजरायली आक्रमणले बेरुतमा आठतले भवन ध्वस्त, २० व्यक्तिको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
४१ पटक हेरिएको
Shares
इजरायली  आक्रमणले बेरुतमा आठतले भवन ध्वस्त, २० व्यक्तिको मृत्यु

सारांश

  • इजरायली सञ्चारमाध्यमका अनुसार हिजबुल्लाहका एक वरिष्ठ कमान्डरलाई निशाना बनाउने उद्देश्यले शनिबार बिनाचेतावनी यो हमला गरिएको हो।
  • यस आक्रमणमा आठतले आवासीय भवन ध्वस्त भएको छ।
  • यो हमला घना जनसंख्या भएको बस्ता जिल्लामा गरिएको हो।

 

लेबनानले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार हिजबुल्लाहका एक वरिष्ठ कमान्डरलाई निशाना बनाउने उद्देश्यले शनिबार बिनाचेतावनी यो हमला गरिएको हो।

यस आक्रमणमा आठतले आवासीय भवन ध्वस्त भएको छ। यो हमला घना जनसंख्या भएको बस्ता जिल्लामा गरिएको हो। लेबनानको राष्ट्रिय समाचार एजेन्सीले उक्त हमलामा बंकर बस्टर बम प्रयोग गरिएको बताएको छ। इजरायलले यो हतियार हसन नसरल्लाहलगायत हिजबुल्लाहका वरिष्ठ नेता मार्न प्रयोग गरेको थियो। यस हमलामा शनिबार मृत्यु हुनेको संख्या १५ बाट बढेर २० पुगेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले ६० जनाभन्दा बढी घाइते भएको र पीडितको संख्या अझै बढ्न सक्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने
संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
अलपत्र आयोजनाका ठेक्का तोड्ने तयारी
अलपत्र आयोजनाका ठेक्का तोड्ने तयारी
उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ
उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ
बला*त्कारको आरोपमा वडाध्यक्ष पक्राउ
बला*त्कारको आरोपमा वडाध्यक्ष पक्राउ
सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ :सभामुख अर्याल
कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ :सभामुख अर्याल
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक
उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक