अलपत्र आयोजनाका ठेक्का तोड्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
अलपत्र आयोजनाका ठेक्का तोड्ने तयारी

सारांश

  • लामो समयदेखि अलपत्र बनेका जीर्ण आयोजना अब ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा लैजाने तयारी भएको छ ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तीनै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई यस्ता आयोजनाको सूची तत्काल पेस गर्न निर्देशन दिएका छन् ।
  • मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीलाई संरक्षण नगरी ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्ने बताए ।

३ काठमाडौं ।

लामो समयदेखि अलपत्र बनेका जीर्ण आयोजना अब ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा लैजाने तयारी भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तीनै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई यस्ता आयोजनाको सूची तत्काल पेस गर्न निर्देशन दिएका छन् ।

मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीलाई संरक्षण नगरी ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्ने बताए । उनका अनुसार तोकिएको समय र गुणस्तरमा पूर्वाधार सम्पन्न नहुँदा मुलुकले ठूलो आर्थिक क्षति भोग्नुका साथै नागरिक लाभबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ । सिँचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोसी मरिण बहुउद्देश्यीय आयोजना, भौतिक पूर्वाधारतर्फ करिब ३०० सडक र १०० पुल आयोजना लामो समयदेखि अलपत्र रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?