Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रौतहटमा गुडिरहेको बसमा आगलागी, मानवीय क्षति नभएको पुष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ५, २०८२
|
|
४३ पटक हेरिएको
Shares
रौतहटमा गुडिरहेको बसमा आगलागी, मानवीय क्षति नभएको पुष्टि

सारांश

  • रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लच्का नजिक मंगलबार बिहान एक यात्रुवाहक बसमा अचानक आगलागी भएको छ ।
  • काठमाडौँबाट चन्द्रनिगापुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा आगलागी हुँदा सवारीसाधन पूर्णरूपमा जलेर नष्ट भएको हो ।
  • तर, घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लच्का नजिक मंगलबार बिहान एक यात्रुवाहक बसमा अचानक आगलागी भएको छ ।

काठमाडौँबाट चन्द्रनिगापुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा आगलागी हुँदा सवारीसाधन पूर्णरूपमा जलेर नष्ट भएको हो । तर, घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाको समयमा बसमा रहेका यात्रुहरूलाई तुरुन्तै सुरक्षित स्थानमा निकालिएको थियो । प्रारम्भिक अनुमान अनुसार, बसमा विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रहरी निरीक्षक रूपेशकुमार झाको कमान्डमा टोली घटनास्थलमा पुगेको थियो । स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा करिब बिहान ८:१५ बजे आगो नियन्त्रणमा ल्याइएको प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अहिलेको सरकार जेनजीको रगतमा यशोआराम गर्न आएको होईन्’
‘अहिलेको सरकार जेनजीको रगतमा यशोआराम गर्न आएको होईन्’
राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न
राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न
ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा बस दुर्घटना
ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा बस दुर्घटना
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ
भारतकाे ७८औँ स्वतन्त्रता दिवसको उपहारमा दियाे नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स
भारतकाे ७८औँ स्वतन्त्रता दिवसको उपहारमा दियाे नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स
बैतडीमा रेबिजविरुद्ध खोप अभाव
बैतडीमा रेबिजविरुद्ध खोप अभाव
सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण
सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण
०८४ मा माओवादीले २५० सिट जितेर पहिलो दल बन्ने प्रचण्डको दाबी
०८४ मा माओवादीले २५० सिट जितेर पहिलो दल बन्ने प्रचण्डको दाबी
राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा
राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा