निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 

सारांश

  • निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ।
  • शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
  • उनका अनुसार राजनीतिक दलहरूसँगको बैठकमा पाँच विषयमा छलफल हुनेछ।

काठमाडौं। निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार राजनीतिक दलहरूसँगको बैठकमा पाँच विषयमा छलफल हुनेछ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले गरेको बजेट भाषणमा सबै निर्वाचन कार्यालयहरू खारेजी गर्ने निर्णय भएको थियो। त्यतिबेला आयोगले प्रेस विज्ञप्ति नै जारी गरी सञ्चालनमा रहेका संरचनाहरूको खारेजी गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको बताएको थियो।

यस विषयमा आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत छलफल गरेको थियो। गृहमन्त्री श्रेष्ठले पनि यस विषयमा अर्थमन्त्री महतसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताएका थिए। यस विषयमा आयोगले पुन: राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो। यस्तै निर्वाचन कानुनको विधेयक सम्बन्धमा र स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने सम्बन्धमा पनि छलफल गर्न लागेको प्रवक्ता शर्माले बताए। विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने विषयमा पनि आज छलफल हुनेछ। त्यस्तै राजनीतिक दलहरूको लेखा तथा लेखापरीक्षणको सम्बन्धमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री फेर्ने विषयमा छलफल नै नभएर सकियो ओली-देउवा बैठक
मन्त्री फेर्ने विषयमा छलफल नै नभएर सकियो ओली-देउवा बैठक
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
आज सुनको मूल्य९ सयले घट्यो
आज सुनको मूल्य९ सयले घट्यो
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
वामदेवको दाबी– ‘आगामी निर्वाचनमा हामी दुई तिहाइ बहुमत ल्याउँछौँ’
वामदेवको दाबी– ‘आगामी निर्वाचनमा हामी दुई तिहाइ बहुमत ल्याउँछौँ’
१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा
१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा