धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ

सारांश

  • कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १२ जना जुवाडेलाई पक्राउ गरिएको छ ।
  • वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले न्यु लामिछाने कन्ट्रक्सन कम्पनीको भित्रि कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा छापा हानेको थियो ।
  • प्रहरीको टोलीले छापा हानेर एक लाख ३१ हजार एक सय ८० नगद र चार गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

७ असार, धनगढी ।

कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १२ जना जुवाडेलाई पक्राउ गरिएको छ ।वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले न्यु लामिछाने कन्ट्रक्सन कम्पनीको भित्रि कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा छापा हानेको थियो । प्रहरीको टोलीले छापा हानेर एक लाख ३१ हजार एक सय ८० नगद र चार गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का ३१ वर्षीय सन्तोष कामी, वडा नं. ८ का ६२ वर्षीय जयबहादुर कार्की, वडा नं. १ का ४२ वर्षीय रमेश साउद र ३५ वर्षीय पुष्प बिष्ट, वडा नं. ५ का ४१ वर्षीय लालबहादुर केसी, वडा नं. ७ का ३६ वर्षीय खडकबहादुर शाही, वडा नं. ६ का ३२ वर्षीय भुवन बोहरा, वडा नं. ८ का ४२ वर्षीय भरत बिक, वडा नं. १ का ३४ वर्षीय कृष्ण कुँवर, वडा नं. ८ का ५० वर्षीय तुलाराम बिष्ट, वडा नं. १ का ३४ वर्षीय राजेन्द्र साउद र वडा नं. ८ का ५२ वर्षीय नन्दलाल राना रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?