झापाबाट प्रधानमन्त्री ओलीको टिप्पणी : गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन्

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
१५ पटक हेरिएको
Shares
झापाबाट प्रधानमन्त्री ओलीको टिप्पणी : गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन्

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति नै नबुझेकाहरु राजा फर्काउन हिँडेको भन्दै कडा व्यंव्य गरेका छ्न ।
  • उनले गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा नआउने भन्दै राजावादीहरुको गतिविधिको आलोचना गरे ।
  • झापाको दमकमा आज (शनिबार) एमालेद्धारा आयोजित जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलील्े यस्तो बताएका हुन् ।

 

३० चैत्र, झापा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति नै नबुझेकाहरु राजा फर्काउन हिँडेको भन्दै कडा व्यंव्य गरेका छ्न । उनले गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा नआउने भन्दै राजावादीहरुको गतिविधिको आलोचना गरे । झापाको दमकमा आज (शनिबार) एमालेद्धारा आयोजित जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलील्े यस्तो बताएका हुन् ।

उनले नेपालमा अब राजसंस्था फर्कने सम्भावना नभएको टिप्पणी गरे । उनले भने,‘दुई/चार जना मान्छे राजा फर्काउँछौं भन्दै हिँडेका छन् । गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन् । राजनीति भनेको थाहा नै नपाएका ढुंगा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएका छन् । ड्राइभिङ नजानेकाले राम्रोसँग गाडी चलाउँछु भनिरहेका छन् ।’

राजावादीहरुप्रति एकदमै आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले राजा ल्याउँछौं भनेर हिँड्नेहरुले रक्सी चोर्दै हिँडेको बताए । चैत्र १५ गतेको राजावादी प्रदर्शन हिंसामा परिणत भएपछि प्रदर्शनकारीहरुले भाटभटेनीबाट रक्सीको बोतल चोरेर हिँडेको भिडिओ भाइरल भएको थियो । त्यही विषयमा प्रधानमन्त्री ओलीले आलोचना गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?