जनकपुरमा आज यसरी धुमधामसँग गरिँदैछ राम र जानकीको विवाह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
२२ पटक हेरिएको
Shares
जनकपुरमा आज यसरी धुमधामसँग गरिँदैछ राम र जानकीको विवाह

सारांश

  • आजु जनकपुर मे मडवा बड सुहागन लागे….
  • सीता के चढेला हरदीया मनभावन लागे…’ यस्तै सुमधुर लोक गीत–संगीतका बीच जनकपुरमा प्रत्येक वर्ष विवाह पञ्चमी मनाइने गरेकोमा आज (शुक्रबार) पनि त्यसलाई निन्तरता दिइएको छ ।
  • आज जनकपुरमा विवाह महोत्सव धुमधामसँग मनाइँदै छ ।

 

२१ मंसिर,  जनकपुरधाम । आजु जनकपुर मे मडवा बड सुहागन लागे….सीता के चढेला हरदीया मनभावन लागे…’

यस्तै सुमधुर लोक गीत–संगीतका बीच जनकपुरमा प्रत्येक वर्ष विवाह पञ्चमी मनाइने गरेकोमा आज (शुक्रबार) पनि त्यसलाई निन्तरता दिइएको छ । आज जनकपुरमा विवाह महोत्सव धुमधामसँग मनाइँदै छ ।

यसको नेपालीमा अर्थ हुन्छ– आज जनकपुरमा विवाहको लगन भएकाले निकै रमाइलो भइरहेछ । मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइँदै आएको यस महोत्सवलाई नेपाल–भारत बीचको आदिकालीन सांस्कृतिक सम्बन्धको रुपमा पनि लिइन्छ । मंसिर १६ गते जनकपुर नगर दर्शनबाट सुरु भएको साताव्यापी महोत्सवको १७ गते फूलवारी लीला, १८ गते धनुषयज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयम्बर र शुभ विवाह तथा २२ गते राम कलेवासँगै विवाह पञ्चमी सम्पन्न हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए । वैवाहिक कार्यक्रममा सहभागी हुन भारतको अयोध्याबाट ठूलो संख्यामा साधुसन्तहरू जनकपुर आइसकेको महन्थ रामतपेश्वर दासले बताए ।

विवाह पञ्चमी कार्यक्रमअन्तर्गत आज स्वयंबर तथा वैवाहिक कार्यक्रम रहेको छ । राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा वर्षेनि मार्ग शुक्ल पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेलाको आयोजना हुने गर्दछ । सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथका छोरा श्रीरामचन्द्रले प्राचीन शिवधनुषलाई भाँचेका थिए । त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा राम–जानकीको विवाह भएको प्रशंग उल्लेख गरिएको छ । उक्त विवाह भएको सम्झनास्वरुप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । विवाह पञ्चमीका दिन आज राम र जानकीको स्वयंबर भएको जनविश्वास रही आएको स्थानमा जनकपुरधामकै राम मन्दिरबाट जन्ती ल्याइन्छ । भगवान् रामसहितको डोलालाई नगर परिक्रमा गर्दै ल्याइने गरेको छ ।

जानकी मन्दिरबाट पनि बाजागाजासहित लावालस्करका साथ जानकीको डोला लगेर स्वयंबर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । हजारौं वर्षपूर्व त्रेतायुगमा मिथिलाका राजा जनकले सीता स्वयंबरको आयोजना गर्दा देश–देशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा स्थानीयसँगै भारतबाट आएका लाखौं श्रद्धालुले डोला परिक्रमामा उपस्थित हुने गर्छन् । जनकपुरधाममा हरेक महिनाको पूर्णीमाका दिन पनि मासिक रूपमा मेला लाग्ने गर्छ । त्यस्तै चैत्र शुक्ल नवमीमा रामको जयन्ती मनाउँदै रामनवमी मेला लाग्ने गर्छ । त्यसको एक महिनापछि वैशाख शुक्ल नवमीमाा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ ।

यसैगरी श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा १५ दिवसीय मिथिला पञ्चकोशी परिक्रमा (जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाललीलासँग सम्बद्ध ठाउँहरूको परिक्रमा) गरिन्छ । उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा सम्पन्न हुन्छ । तर ती सबै उत्सव, चाडपर्व र समारोहमध्ये हजारौं वर्षपूर्व मार्ग शुक्ल पञ्चमीमा भएको राम–जानकी विवाहको सम्झनास्वरुप मनाइने विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ मनाइन्छ । यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरुप मार्गशुक्ल द्वितीयाका दिन अयोध्याबाट साधुसन्तहरू समेतको एउटा जन्तीको डफ्फा (बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्ती समूहलाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ ।

आज रामको जन्ती टोली राम मन्दिरबाट बाजागाजासहितको नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ पहिलेदेखि नै सीताका माइती पक्ष स्वागतका लागि बसेका हुनेछन् । जहाँ जानकीको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल (घरगाउँले समूह वा माइती पक्ष)ले स्वागत गर्नेछन् । यसपछि राम मन्दिरबाट पुगेको रामको डोलालाई जानकी मन्दिरबाट पुर्याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर रामलाई पुष्पहार अर्पण गरिन्छ । राम मन्दिरबाट पुगेको मण्डपबाट महन्तले जानकीलाई माला लगाइदिएर आरतीपूजन गरेपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछि लाग्ने गर्छन् । अनि जानकी मन्दिर पुर्याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कने गर्दछ । त्यसै रात मिथिला परम्पराअनुसार राम र जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

अहिले रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपाल र भारतसँगै तेस्रो मुलुकका मानिसको पनि जनकपुरमा भीड लाग्ने गरेको छ । महोत्सवलाई व्यवस्थित गर्र्न माछामासु तथा मदिरा बिक्री–वितरणमा रोक लगाएको छ । महोत्सवलाई व्यवस्थित र मर्यादित बनाउनका लागि विवाह पञ्चमकी अवधिभर नगरभित्र रहेका सबै होटल माछामासु तथा मदिरा बिक्री–वितरणमा रोक लगाउनका लागि निर्देशन दिएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए । त्यस्तै, भगवान राम र सीताको स्वयंम्बर हुने स्थानीय रङ्गभूमि मैदान (बाह्रबिघा) र नगरका अन्य क्षेत्रमा समेत शौचालय तथा खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी जनकपुर उपमहानगपालिका र जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयलाई दिइएको छ । सोही सडकमा सहजरुपमा यातायातको व्यवस्थापन गर्न उपमहानगरलाई नै जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनका लागि थप २१ सय प्रहरी अन्य जिल्लाबाट ल्याएर परिचालन गरेको छ । सुरक्षा निगरानीका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त प्रहरी युनिट जानकी मन्दिरमा राखिएको छ । विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकहरूका कारण जनकपुरका होटल, लज र धर्मशालाहरू भरिभराउ छन् । साथै भक्तजनको बासको प्रबन्धका स्थानीय संघ–संस्थाले ठाँउ–ठाँउमा लागि पन्डाल निर्माण गरिदिएका छन् । विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले प्रदेशमा आज सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना
महासचिव गुटरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
महासचिव गुटरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
कोशी प्रदेशका प्रमुख सडक खण्डहरू अवरुद्ध, यात्रा जोखिमपूर्ण
कोशी प्रदेशका प्रमुख सडक खण्डहरू अवरुद्ध, यात्रा जोखिमपूर्ण
नेपालको ऐन, कानून र नियमहरु परम्परावादी छन् : प्रचण्ड
नेपालको ऐन, कानून र नियमहरु परम्परावादी छन् : प्रचण्ड
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला
बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला
रोहितको टेस्ट क्रिकेटबाट सन्न्यास : शान्त निर्णय, तर गहिरो प्रभाव
रोहितको टेस्ट क्रिकेटबाट सन्न्यास : शान्त निर्णय, तर गहिरो प्रभाव
प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु