धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
४० पटक हेरिएको
Shares
धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

सारांश

  • धनुषाका एसपी नरहरी रेग्मीको राजिनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा बसेका छन् ।
  • बुधबार जनकपुरधामको जनक चोकमा रुपेठाका स्थानीय हिन्दू समुदायका महिला तथा पुरुषहरु धर्नामा बसेका छन् ।
  • उनीहरुले धनुषाको एसपी राजिनामा दे, हिन्दूहरुलाई रिहा गर, हिन्दूहरुलाई फसाउन पाईदैन लगायत लेखिएको प्लेकार्ड हातमा बोकेर विरोध जनाएका छन् ।

२२ असोज, जनकपुर ।

धनुषाका एसपी नरहरी रेग्मीको राजिनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा बसेका छन् । बुधबार जनकपुरधामको जनक चोकमा रुपेठाका स्थानीय हिन्दू समुदायका महिला तथा पुरुषहरु धर्नामा बसेका छन् । उनीहरुले धनुषाको एसपी राजिनामा दे, हिन्दूहरुलाई रिहा गर, हिन्दूहरुलाई फसाउन पाईदैन लगायत लेखिएको प्लेकार्ड हातमा बोकेर विरोध जनाएका छन् ।

केही दिन अघि, दुर्गा भगवतीको मुर्ती विसर्जनको क्रममा रुपेठामा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो । सोही बेला मुस्लिम समुदायले मुर्ती विसर्जन गर्न गएकाहरु माथि सिसाको बोतल र ढुंगा मुढाले प्रहार गरेका थिए । सो पछि आक्रोसित हिन्दू समुदायले मुस्लिम समुदायले निर्माण गरेको एउटा टहरामा आगो लगाएका थिए । धनुषा प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै केही स्थानीयहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका स्थानीयहरु निर्दोष किशोर र युवाहरु रहेको भन्दै हिन्दूवादी संगठनका अगुवाहरुले निरन्तर जनकपुरधाममा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले पक्राउ परेकाहरुलाई बिना सर्त रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो
रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो
सर्लाहीको बसबरियामा ट्याक्टरमा च्यापिएर एक वृद्धको मृ*त्यु, चालक फरार
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
भिजिबिलिटी कम हुँदा आधा दर्जन विमान डाइभर्ट
भिजिबिलिटी कम हुँदा आधा दर्जन विमान डाइभर्ट
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश