अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण

सारांश

  • पूर्वब्रिटिश गोर्खा तथा घुँडामाथि दुई गुणा अपाङ्गता भएका हरि बुढा मगरले अन्टार्कटिका माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन् ।
  • यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन् ।
  • मगरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे अनुसार जनवरी ६, २०२६ मा राति १० बजे (स्थानीय समय) तीन दिनको कठिन आरोहणपछि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको चुचुरो मा पुगेका हुन्।

काठमाडौं ।

पूर्वब्रिटिश गोर्खा तथा घुँडामाथि दुई गुणा अपाङ्गता भएका हरि बुढा मगरले अन्टार्कटिका माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन् । यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन् । मगरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे अनुसार जनवरी ६, २०२६ मा राति १० बजे (स्थानीय समय) तीन दिनको कठिन आरोहणपछि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको चुचुरो मा पुगेका हुन्। अल्पाइन एसेन्ट्सका अबिरल राई, मिङ्मा शेर्पा तथा अभियान नेता जाङ्बु शेर्पासहितको टोलीले माइनस २५ डिग्री सेल्सियस तापक्रम, तीव्र हावा र कठोर भूभागको सामना गर्दै अभियान सम्पन्न गरेको थियो ।

यो सफलतासँगै मगर दुई घुँडामाथि अपाङ्गता भएका व्यक्ति मध्ये सेभेन समिट पूरा गर्ने विश्वकै पहिलो पर्वतारोही बनेका छन् । विश्वभर पाँच सयभन्दा कम आरोहीले मात्र हासिल गरेको यो उपलब्धि पर्वतारोहणको सबैभन्दा प्रतिष्ठित मानिन्छ ।सफल आरोहणपछि मगरले यो अभियान केवल शिखर चुम्ने विषय मात्र नभएको बताए। ‘सपना, समर्पण र निरन्तर प्रयासले असम्भव पनि सम्भव हुन्छ,’ भन्दै उनले टोली, परिवार र समर्थकहरूलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिए। रोल्पामा जन्मिएका मगर २०१० मा अफगानिस्तानमा भएको आइडी विस्फोटबाट घाइते भएका थिए।  २०२३ मा सगरमाथा आरोहण गर्ने पहिलो दुई घुँडामाथि अपाङ्गता भएका व्यक्ति बनेपछि उनले पर्वतारोहणलाई समावेशीकरण र प्रेरणाको माध्यम बनाउँदै आएका छन्।
हिमालयदेखि अन्टार्कटिकासम्मको उनको यात्रा आज दृढता, साहस र समावेशी पर्वतारोहणको प्रेरणादायी कथा बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल
जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल
विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल
विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला
विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो :सभापति थापा
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो :सभापति थापा
सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक
सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना