भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
२४ पटक हेरिएको
Shares
भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो

सारांश

  • प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ ।
  • मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आज कार्यालयमा तालाबन्दी गरि साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीलाई बुझाएका हुन् ।
  • ९ माघमा निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी समान्य प्रशासन मन्त्रालयले खोसेको थियो ।

१८ फागुन, जनकपुरधाम। प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ । मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आज कार्यालयमा तालाबन्दी गरि साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीलाई बुझाएका हुन् ।

९ माघमा निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी समान्य प्रशासन मन्त्रालयले खोसेको थियो । त्यसपछि लेखाका अधिकृत आठौंलाई वरिष्ठताको आधारमा रामसागर यादवलाई निमित्तको जिम्मेवारी मन्त्रालयले दिएको थियो। मेयर साहका अनुसार ४ फागुनमा समान्य प्रशासन मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृत तोकेपछि निमित्तको जिम्मेवारी खोसेको थियो ।

तर हालसम्म उनी नआएको मेयर साहको गुनासो छ। त्यसयता तीनदिन मन्त्रालय पुगेर गुनासो गरेको, मन्त्रीले भेट्न समय नदिएको उनले आकोश व्यक्त गरे । प्रशासकीय अधिकृत विहीन हुँदा नागरपालिकाको विकासे काम ठप्प भएको, टेन्डर आह्वान गर्न नसकेकाले बाध्य भएर तालाबन्द गरी साँचो प्रजिअलाई बुझाएको मेयर साहले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट
जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ : बागमती सरकार दबाबमा
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ : बागमती सरकार दबाबमा
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
पोखरामा नमूना नगर सभा आजबाट सुरु
पोखरामा नमूना नगर सभा आजबाट सुरु
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ