राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न

सारांश

  • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबारबाट सुरु भएको ‘राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२’सम्पन्न भएको छ ।
  •   समापन समारोहमा कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रममा धेरै बौद्धिक विमर्श भएको बताए ।
  • उनले भने, ‘तपाईँहरूको चासो र सक्रियताका लागि धेरै–धेरै धन्यवाद ।

१९ भदौ, काठमाडौं।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबारबाट सुरु भएको ‘राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२’सम्पन्न भएको छ ।  समापन समारोहमा कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रममा धेरै बौद्धिक विमर्श भएको बताए । उनले भने, ‘तपाईँहरूको चासो र सक्रियताका लागि धेरै–धेरै धन्यवाद । सम्मेलनले कला क्षेत्रको समस्याको उठान, व्याख्यान तथा बैठानसमेत गर्न पहल गरेको छ  । ’ उपकुलपति लालकाजी लामाले सम्मेलनमा लोककला, परम्परागत कला र शिल्प–हस्तकलाका विषयमा घनीभूत छलफल भएको बताए ।

उनले यस छलफलले नेपाली कला क्षेत्रमा नयाँ यात्रा तय गर्ने धारणा राख्नुभयो । सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कला भनेको संसार भएको बताए । उनले भने,‘यस सम्मेलनमा उत्साहजनक रूपमा सातै प्रदेशका कलाकारहरूले प्रतिनिधिमूलक सहभागिता जनाउनुभयो । तपाईँहरूबाट उठेका कुरा हामी सम्बन्धित स्थानमा पु¥याउने छौँ ।’ परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले यस सम्मेलनलाई अवसरका रूपमा लिनुपर्ने बताए ।

उनले कलाका क्षेत्रमा थुप्रै चुनौती तथा समस्या रहेको बताउँदै सम्मेलनको आवाजलाई शक्तिका रूपमा ल्याउन प्रयोग गर्ने धारणा राखे । कार्यक्रममा नूतनधर शर्माले ‘नेवाः शैव–द्वार चित्रकला’, मिङ्मा लामाले ‘परम्परागत थाङ्का (थाङ्कु) चित्रकला एवं यसका समस्या र चुतौती’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । ती कार्यपत्रमाथि क्रमशः नरेश शाक्य र बुद्ध छिरिङ मोक्तानले टिप्पणी गरेका थिए ।

यस्तै कार्यक्रममा होमबहादुर घिसिङले ‘परम्परागत थाङ्का कला’ का विषयमा प्रस्तुति दिनुभएको थियो भने समूहगत रूपमा परम्परागत कला, कलाका विविध आयाम तथा क्षेत्रसँग सम्बन्धित विषयमा छलफलसमेत भएको थियो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, अग्रज कलाकार, विभिन्न सङ्घ–संस्था/क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकार, पत्रकार, अनुसन्धातालगायतकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
वीरगञ्जमा पौडी सिक्न गएका ९ वर्षीय बालकको डुबेर मृ*त्यु, प्रशिक्षक पक्राउ
वीरगञ्जमा पौडी सिक्न गएका ९ वर्षीय बालकको डुबेर मृ*त्यु, प्रशिक्षक पक्राउ
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताको आह्वान
प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताको आह्वान
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?
६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी
६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी