सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न पुन: माग गरेका छन् ।
  • लगातार शासनमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबाएको उनको भनाइ छ ।
  • ‘प्रधानमन्त्री रातदिन भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भन्ने गर्नुहुन्छ ।

 

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न पुन: माग गरेका छन् । लगातार शासनमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबाएको उनको भनाइ छ । ‘प्रधानमन्त्री रातदिन भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भन्ने गर्नुहुन्छ ।

तर, उहाँकै नेतृत्वमा सरकार चलेको समयको रेकर्ड हेर्ने हो भने सबै छर्लंग भएको छ,’ मध्य माघमा ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक बाचन गर्दै सांसद् ढकालले ‘उहाँले आफ्नालाई जोगाउँदै र विपक्षीलाई अनाहाकमा दुःख दिँदै आउनुभएको छ ।’ २०४७ सालपछिका दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन माग गर्दै उनले छानबिन गर्ने हो भने कसैले पनि टाउको लुकाउने ठाउँ नभेटिने टिप्पणी पनि गरे ।

‘हाम्रो पार्टीका अध्यक्ष (रवि लामिछाने)लाई जति होइन, अलिकति मात्रै अनुसन्धानमा ल्याएमा टाउको लुकाउने ठाउँ भेटिनेछैन,’ उनले भने । आफ्नो पार्टीका अध्यक्ष रवि लामिछानेमाथि सरकारले लगातार प्रतिशोध साँधेको बताएका ढकालले संसदीय छानबिन समितिको प्रतिवेदनले सहकारीको रकम अपचलनमा कुनै संलग्नता नरहेको स्पष्ट पारिसकेपछि पनि सरकारले प्रतिशोध साँधेर लगातार दुःख दिएको बताए । अदालतमा विचाराधीन विषय सदनमा नबोलौँ भन्ने लागेको थियो । संसदीय विशेष समितिको प्रतिवेदन माननीय ज्यूहरूले अध्ययन नगरेको जस्तो लाग्यो,’
प्रतिवेदनको ४४९ पेज पढ्न आग्रह गर्दै उनले भने, ‘त्यहाँ ऋण लिन रवि लामिछानेको प्रत्यक्ष संलग्नता छैन । गोरखा मिडियामा आएको रकम परिचालन गर्ने सन्दर्भमा प्रचलित कानुनअनुसार कारबाही गर्ने भनिएको छ ।’ प्रचलित कानुन अनुसार कारबाही गर्ने भनिए पनि सम्पत्ति शुद्धीकरण र ठगीमा मुद्दा गलाइएको भन्दै उनले सरकारको आलोचना गरे । ‘प्रचलित कानुन कम्पनी ऐन २०६३ हो माननीय ज्यूहरू के तरिकासँग मुद्दा लगाइयो । कतै सम्पत्ति शुद्धीकरण, कतै ठगी यो के हो ?’ सभामुखमार्फत् उनले सरकारलाई प्रश्न गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?