युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
३२ पटक हेरिएको
Shares
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको भाउ बढेको छ भने अमेरिकी डलरको मूल्य घटेको छ ।
  • आज युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा कायम भएको छ ।

११ असार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको भाउ बढेको छ भने अमेरिकी डलरको मूल्य घटेको छ । आज युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा कायम भएको छ । मंगलबार खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा रहेको थियो । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा थियो । मंगलबार भने अमेरिकी डलरको भाउ बढेको थियो भने युरोको घटेको थियो । आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २० पैसा र बिक्रीदर चार रुपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३६ पैसा र बिक्रीदर २१ रुपैयाँ ४६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५८ रुपैयाँ ०८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, पक्राउ दुई
काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, पक्राउ दुई
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
बाढीपहिरो अपडेट: देशभर २ सय ३९ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
बाढीपहिरो अपडेट: देशभर २ सय ३९ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल