कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ

सारांश

  • कैलालीमा डेढ लाख लाख नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।
  • गोदावरी नगरपालिका–२ को तेघरी र गौरीगंगा नगरपालिका–१ को गोप्काबाट डेढ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बुधबार साँझ गौरीगंगा नगरपालिका–१ को न्यू साउँद होटलको दोश्रो तला र गोदावरी नगरपालिका–२ को तेघरीस्थित सामुदायिक वनमा जुवातास खेलिरहेका विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए ।

२४ असोज, धनगढी। कैलालीमा डेढ लाख लाख नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ को तेघरी र गौरीगंगा नगरपालिका–१ को गोप्काबाट डेढ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बुधबार साँझ गौरीगंगा नगरपालिका–१ को न्यू साउँद होटलको दोश्रो तला र गोदावरी नगरपालिका–२ को तेघरीस्थित सामुदायिक वनमा जुवातास खेलिरहेका विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ३४ वर्षीय टेकबहादुर बुढा, ४० वर्षीय पदम बहादुर चन्द, ३६ वर्षीय रामबहादुर बुढा, ३५ वर्षीय चक्र भुल, ४१ वर्षीय टंक साउद, ५४ वर्षीय बड्डो भुल, ४२ वर्षीय बल बहादुर भुल रहेको डीएसपी बोहोराले बताए ।

यस्तै, गोदावरी नगरपालिका–२ तेघरी बस्ने ४१ वर्षीय जगुराम चौधरी, २२ वर्षीय आदर्श पाल, ४० वर्षीय मुकेश अर्याल, अर्घाखाँचीको छत्रदेव गाउँपालिका– २ बलकोट बस्ने ४० वर्षीय दिलिप केसीलाई पनि पक्राउ गरिएको उनले बताए । उनीहरुको साथबाट एक लाख ४८ हजार नगद बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
करेन्ट लागेर विद्युत् अफिसका कर्मचारीकै मृत्यु, अन्य ३ जना घाइते
करेन्ट लागेर विद्युत् अफिसका कर्मचारीकै मृत्यु, अन्य ३ जना घाइते
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह