मर्मत सम्भार गर्न त्रिपालले छोपियो सिंहदरबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
१६ पटक हेरिएको
Shares
मर्मत सम्भार गर्न त्रिपालले छोपियो सिंहदरबार

सारांश

  • ऐतिहासिक सरकारी भवन सिंहदरबार त्रिपालले ढाकिएको छ।
  • गत भदाै २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लागेको आगलागीले क्षति पुर्‍याएको कारण मर्मत सम्भारको काम सुरु भएपछि भवनलाई अस्थायी रूपमा त्रिपालले छोपिएको हो।
  • सिंहदरबारलाई सुरक्षित राख्दै संरचनागत क्षति न्यूनीकरण गर्न प्राविधिक टोलीले अस्थायी आवरण निर्माण गरी भित्रि भागमा मर्मत कार्य अगाडि बढाइरहेको छ।

८ असोज, काठमाडौँ ।

ऐतिहासिक सरकारी भवन सिंहदरबार त्रिपालले ढाकिएको छ। गत भदाै २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लागेको आगलागीले क्षति पुर्‍याएको कारण मर्मत सम्भारको काम सुरु भएपछि भवनलाई अस्थायी रूपमा त्रिपालले छोपिएको हो। सिंहदरबारलाई सुरक्षित राख्दै संरचनागत क्षति न्यूनीकरण गर्न प्राविधिक टोलीले अस्थायी आवरण निर्माण गरी भित्रि भागमा मर्मत कार्य अगाडि बढाइरहेको छ। भवनको छत, झ्यालढोका, भित्तो र आन्तरिक सजावटसमेतलाई मर्मत गर्ने तयारी भइरहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीका अनुसार सिंहदरबारलाई ऐतिहासिक वास्तुकलाको मौलिकता नबिगारी पुनःस्थापना गर्ने गरी काम गरिनेछ। ‘भवनलाई बाहिरी वातावरण र वर्षात्‌को असरबाट जोगाउन त्रिपाल प्रयोग गरिएको हो, यो अस्थायी व्यवस्था मात्रै हो,’ एक प्राविधिकले भने। नेपालको प्रशासनिक केन्द्रका रूपमा रहँदै आएको सिंहदरबारको ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै यसको दीर्घकालीन संरक्षणका लागि विशेष योजना बनाउने तयारी समेत भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
पोखरा महानगरपालिकामा अख्तियारको छापा
पोखरा महानगरपालिकामा अख्तियारको छापा
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात
मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात