हेटौँडामा आठ किलो सुनसहित समातिए दुई भारतीय नागरिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
हेटौँडामा आठ किलो सुनसहित समातिए दुई भारतीय नागरिक

सारांश

  • मकवानपुरको हेटौँडाबाट आठ किलोभन्दा बढी सुनसहित दुई भारतीय पक्राउ परेका छन्।
  • शनिबार बिहान ३ बजेतिर प्रहरीले हेटौंडा उपमहानगरपालिका- १५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालयका डीएसपी श्याम अर्यालले जानकारी दिए।
  • पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड छन्।

१९ असोज, काठमाडौं। मकवानपुरको हेटौँडाबाट आठ किलोभन्दा बढी सुनसहित दुई भारतीय पक्राउ परेका छन्।

शनिबार बिहान ३ बजेतिर प्रहरीले हेटौंडा उपमहानगरपालिका- १५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालयका डीएसपी श्याम अर्यालले जानकारी दिए। पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड छन्।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो। बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ६५० रूपैयाँ ६५० पैसा बराबरको रहेको प्रहरीले जनाएको छ। उनीहरू दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागl राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको डीएसपी अर्यालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ, नेपाल डिपोर्ट गर्ने आशंका
रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ, नेपाल डिपोर्ट गर्ने आशंका
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस
कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस
एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?
एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?
कैलालीको गौरीगंगामा आगलागी हुँदा एक जनाको मृ*त्यु
कैलालीको गौरीगंगामा आगलागी हुँदा एक जनाको मृ*त्यु
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार, १० अर्बको कारोबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार, १० अर्बको कारोबार
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबिच भेटवार्ता
मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबिच भेटवार्ता
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो