सिरहामा पेस्तोलसहित तीन जना पक्राउ
सारांश
- सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा लहान नगरपालिका–२२ सलोखरीका सञ्जय दास, गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का साबरजित दास रहेका छन्।
- जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार मंगलबार राति शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले जाँच गर्दा साबरजितको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन बरामद भएको हो।
सिरहा, २० साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लहान नगरपालिका–२२ सलोखरीका सञ्जय दास, गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का साबरजित दास रहेका छन्।


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार मंगलबार राति शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले जाँच गर्दा साबरजितको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन बरामद भएको हो।
प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ। बरामद हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया