२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
६२ पटक हेरिएको
Shares
२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि

सारांश

  • सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछानेले उक्त रकम बराबरको चेक काटेर विभिन्न प्रोडक्सन हाउस र व्यक्तिलाई दिएको उल्लेख छ ।
  • उनले सन् २०२१ को डिसेम्बर २४ मा नोबडी प्रोडक्सन प्रालिका नाममा ६५ लाख, ६७ हजार १८७ रुपैयाँ ५० पैसाको चेक काटेका छन् ।
  • त्यस्तै त्यसको अघिल्लो दिन सोही प्रोडक्सनका नाममा उत्तिकै रकमको चेकमा रविको हस्ताक्षर छ ।

 

४ असोज, सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २३ करोड ३७ लाखको चेकमा हस्ताक्षर गरेको खुलेको छ ।सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछानेले उक्त रकम बराबरको चेक काटेर विभिन्न प्रोडक्सन हाउस र व्यक्तिलाई दिएको उल्लेख छ । उनले सन् २०२१ को डिसेम्बर २४ मा नोबडी प्रोडक्सन प्रालिका नाममा ६५ लाख, ६७ हजार १८७ रुपैयाँ ५० पैसाको चेक काटेका छन् । त्यस्तै त्यसको अघिल्लो दिन सोही प्रोडक्सनका नाममा उत्तिकै रकमको चेकमा रविको हस्ताक्षर छ ।  त्यसको ४ महिनाअघि अगस्त ४ मा नोबडी प्रोडक्सनकै नाममा काटिएको चेकमा १ करोड २७ लाख ३ हजार १२५ रुपैयाँ उल्लेख गरिएको छ ।  २०७८ को वैशाख ४ गते कला बिल्डिङ एन्ड कन्स्ट्रक्सन प्रालिका नाममा लामिछानेले १ करोड ३५ लाख ६० हजारको चेक काटेको समितिको प्रतिवेदनमा उल्लेख छ ।त्यस्तै उनले २०७७ सालको चैत २० गते नोबडी प्रोडक्सनका नाममा १ करोडको चेक काटेका छन् । २०७७ को पुस १० गते कम्युनिकेशन एन्ड ब्रोडकास्टिङ प्रालिका नाममा १ करोड ५९ लाख ३० हजार ७५५ को चेक काटेका छन् भने त्यसको अर्को दिन सोही कम्पनीका नाममा सोही बराबरको रकमको चेक काटेका हुन् । २०७७ को कात्तिक २५ गते उनले रष्मितादेवी गुरागाईँ नाममा काटिएको ५० लाखको चेकमा हस्ताक्षर गरेका छन् । सोही दिन शम्भु गुरागाईँलाई दिइएको ५० लाखको चेकमा पनि उनको हस्ताक्षर छ ।  त्यस्तै २०७७ मङ्सिर ७ गते कम्युनिकेशन एन्ड ब्रोडकाष्टिङ प्रालिलाई काटिएको ३ करोडको चेकमा लामिछानेको हस्ताक्षर छ । अर्को दिन उनले सोही कम्पनीलाई २ करोडको चेक काटेका छन् । २०७७को पुस ६ गते नोबडी प्रोडक्सनका नाममा काटिएको १ करोड ५० लाखको चेकमा पनि लामिछानेले नै हस्ताक्षर गरेका छन् ।  सोही मितिमा कम्युनिकेशन एन्ड ब्रोडकास्टिङलाई काटिएको २ करोड ५७ लाख ९९ हजार ९६६को चेकमा पनि लामिछानेले नै हस्ताक्षर गरेका थिए । उक्त कम्पनीका नाममा २०७७ को पुस ८ गते २ करोड र माघ ७ गते १ करोड ५९ लाख ३० हजार ७५५ रुपैयाँको चेक काटिएको छ । दुवैमा लामिछानेको हस्ताक्षर छ । ​ स्वेट सेयर लिएर गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर सदस्य रहेको तर सहकारी ठगीसँग सम्बन्धित कुनै काम नगरेको दाबी गरेका लामिछानेले जम्मा २३ करोड ३७ लाख ९८ हजार ७ सय ३१ रुपैयाँ बराबरको चेक काटेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
कुलमानले भने- विद्युतीय सवारीसाधन प्रवर्द्धनमा जोड दिऔँ
कुलमानले भने- विद्युतीय सवारीसाधन प्रवर्द्धनमा जोड दिऔँ
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी
रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी
जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको अपिल
जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको अपिल
अफगानिस्तानको भुकम्पमा मृ*त्यु हुनेको सङ्ख्या २४ पुग्यो
अफगानिस्तानको भुकम्पमा मृ*त्यु हुनेको सङ्ख्या २४ पुग्यो
काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता
काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता
मुलुक पुरानो व्यवस्थामा फर्किँदैन- प्रचण्ड
मुलुक पुरानो व्यवस्थामा फर्किँदैन- प्रचण्ड
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित