देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् ।
  • सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् ।
  • देउवा निकट एक पूर्व पदाधिकारी अनुसार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ ।

२१ पुस, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् ।

सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् । देउवा निकट एक पूर्व पदाधिकारी अनुसार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ ।

विशेष महाधिवेशन गर्ने एक पक्षको तयारी र विशेष महाधिवेशन हुन नसक्ने संस्थापनको अडानले पार्टीभित्र विवाद छ ।

कार्यसम्पादन समितिले चुनावपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधान अनुसार माग भएको विशेष महाधिवेशन हुनुपर्ने अडानसहित तयारी गरिरहेका छन् । कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ । विशेष महाधिवेशन पक्षधर भने यही महिनाको अन्तिम साता विशेष महाधिवेशन गराउने पक्षमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?