भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २०, २०८३
|
|
५६८ पटक हेरिएको
Shares
भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने भएका छन् ।
  •  भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार बिहान १०:३० बजे नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गर्न लागेको हो ।
  • भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यका विभिन्न आयामबारे छलफल हुने अपेक्षा गरिएको छ ।

२० जेठ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने भएका छन् । भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार बिहान १०:३० बजे नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गर्न लागेको हो । भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यका विभिन्न आयामबारे छलफल हुने अपेक्षा गरिएको छ ।

यसअघि मंगलबार लामिछानेले एस जयशंकर, अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन सँग भेटवार्ता गरेका थिए । रास्वपाका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा टोलीले विभिन्न राजनीतिक नेतृत्व तथा सरकारी अधिकारीहरूसँग भेटघाट र छलफललाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपासँग स्पष्ट बहुमत छ, तर खतरनाक भ्रममा छ : गगन थापा
रास्वपासँग स्पष्ट बहुमत छ, तर खतरनाक भ्रममा छ : गगन थापा
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
सल्यानमा घरभित्रै दिदीबहिनी मृत फेला
सल्यानमा घरभित्रै दिदीबहिनी मृत फेला
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस
राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
राजावादीले आफ्नो चरित्र देखाए : गृहमन्त्री
राजावादीले आफ्नो चरित्र देखाए : गृहमन्त्री
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
झ्याप्लेखोला पहिरोमा पुरिएको बस गोरखाकै भएको पुष्टि, शवको संख्या १४ पुग्यो
झ्याप्लेखोला पहिरोमा पुरिएको बस गोरखाकै भएको पुष्टि, शवको संख्या १४ पुग्यो