विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २४, २०८३
|
|
१९९ पटक हेरिएको
Shares
विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

सारांश

  • फिफा विश्वकप फुटबल २०२६ मा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
  • अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।
  • खेलको ७८औँ मिनेटसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै १३ मिनेटभित्र तीन गोल गर्न सफल भयो ।

काठमाडौं ।

फिफा विश्वकप फुटबल २०२६ मा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

खेलको ७८औँ मिनेटसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै १३ मिनेटभित्र तीन गोल गर्न सफल भयो । इजिप्टका लागि यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गरेका थिए भने अर्जेन्टिनाका क्रिस्टियन रोमेरो, लियोनल मेसी र एन्जो फर्नान्डेजले गोल गरे । खेलको १५औँ मिनेटमा यासेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा मोस्ताफाले गोल थप्दै इजिप्टको अग्रता २–० बनाए । तर, ७९औँ मिनेटमा रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । त्यसपछि ८३औँ मिनेटमा मेसीले बराबरी गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाए ।

यस्तै, अर्को खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा सम्पन्न अन्तिम १६ को खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डले ४–३ गोलको जित निकाल्यो । स्विट्जरल्यान्डका लागि ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे भने कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे ।  यो जितसँगै १३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड चौथोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । सन् १९५४ को विश्वकपपछि स्विट्जरल्यान्ड समूह चरण वा अन्तिम १६ बाटै बाहिरिँदै आएको थियो । अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति
बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास गोविन्दराज तिमिल्सेना : बाजुरा
दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास गोविन्दराज तिमिल्सेना : बाजुरा
अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्रमा जाँदै
अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्रमा जाँदै
लागूऔषध चरेशसहित एक जना पक्राउ
लागूऔषध चरेशसहित एक जना पक्राउ
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते
तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते