क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

सारांश

  • क्यानडाको भ्यानकुभर शहरको सडक महोत्सवमा मानिसहरूको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।
  • फिलिपिनो समुदायले ‘लापु लापु डे’ मनाइरहेको बेलामा भीडमा एउटा कार जोतिँदा अरू धेरै मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ ।
  • कार चालक ३० वर्षीय काई–जी एडम लो पक्राउ परेका छन् ।

१५ वैशाख, क्यानडा ।

क्यानडाको भ्यानकुभर शहरको सडक महोत्सवमा मानिसहरूको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । फिलिपिनो समुदायले ‘लापु लापु डे’ मनाइरहेको बेलामा भीडमा एउटा कार जोतिँदा अरू धेरै मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ । कार चालक ३० वर्षीय काई–जी एडम लो पक्राउ परेका छन् । उनी भ्यानकुभरका बासिन्दा रहेका बीबीसीले जनाएको छ ।

प्रहरीले अभियुक्त लोलाई अदालतमा पेश गरेर सामूहिक हत्याको आरोप लगाएको छ । भ्यानकुभर प्रहरीले घटनामा परेका पीडितहरू पाँचदेखि ६५ वर्ष उमेरका रहेको बताएको छ । अझै केही पीडितहरूको नाम, थर र उमेर खुल्न बाँकी रहेको खबरमा उल्लेख छ ।भ्यानकुभर प्रहरीका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रोयले यस घटनामा मारिनेहरूमा पुरुष र महिला दुवै रहेको बताउनुभएको छ । एक सयभन्दा धेरै प्रहरी अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् । घटनामा कुनै पनि आतङ्कवादी समूहको संलग्नता नदेखिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेनेजुएलामा ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पको धक्का
भेनेजुएलामा ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पको धक्का
विद्युतीय सवारी साधनको प्रवर्द्धनमा छौँ : हितेन्द्रदेव शाक्य
विद्युतीय सवारी साधनको प्रवर्द्धनमा छौँ : हितेन्द्रदेव शाक्य
प्रतिकूल मौसमले उडान सेवा प्रभावित
प्रतिकूल मौसमले उडान सेवा प्रभावित
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला
सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला
जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार
जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार
आफूले आर्जन गरेको ज्ञान र सीप जनताको हितमा समर्पित गरौँ : राष्ट्रपति
आफूले आर्जन गरेको ज्ञान र सीप जनताको हितमा समर्पित गरौँ : राष्ट्रपति
विद्युतमा लगाएको कर खारेजी माग्दै उनेपाले थाल्यो हस्ताक्षर अभियान
विद्युतमा लगाएको कर खारेजी माग्दै उनेपाले थाल्यो हस्ताक्षर अभियान
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
देशका ९८ प्रतिशत जनताको घरमा बिजुली
देशका ९८ प्रतिशत जनताको घरमा बिजुली