राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग

सारांश

  • निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई एकसाथ तीव्र बनाएको छ ।
  • आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।
  • समानुपातिकतर्फ सहभागी हुन इच्छुक राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय सीमा नजिकिँदै गर्दा आयोगले आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी अघि बढाएको जनाएको छ ।

९ पुस, काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई एकसाथ तीव्र बनाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

समानुपातिकतर्फ सहभागी हुन इच्छुक राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय सीमा नजिकिँदै गर्दा आयोगले आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी अघि बढाएको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ९३ राजनीतिक दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन् । आयोगले राजनीतिक दललाई समानुपातिक प्रणालीअनुसार उम्मेदवार छनोट गर्न सहज होस् भनेर तालिमसमेत प्रदान गरेको छ । तालिममार्फत नयाँ जनगणनाका आधारमा तय गरिएको समावेशी प्रतिशत, समूहगत प्रतिनिधित्व र कानुनी मापदण्डबारे जानकारी गराइएको आयोगले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार समावेशी समूहमा आएको जनसङ्ख्यागत परिवर्तनलाई ध्यानमा राख्दै समानुपातिक निर्वाचन प्रणालीको प्रतिशत निर्धारण गरिएको आयोगले स्पष्ट पारेको छ । यसैबीच, राजनीतिक दलहरूले आगामी पुस १३ र १४ गतेसम्म समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका अनुसार आन्तरिक तयारीलाई तीव्र बनाएका छन् । आयोगका अनुसार निर्धारित समयसीमाभित्र सबै प्रक्रिया पूरा गर्ने तयारीमा आयोग जुटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु
अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
झापामा २० हजार हेक्टरमा चैते धानखेती
झापामा २० हजार हेक्टरमा चैते धानखेती
सांसद चौधरीको प्रश्न- गभर्नर नियुक्ति ऐनको धज्जी उडाएको कारबाही कसलाई गर्ने ?
सांसद चौधरीको प्रश्न- गभर्नर नियुक्ति ऐनको धज्जी उडाएको कारबाही कसलाई गर्ने ?
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
२० हजार धरौटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ
२० हजार धरौटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना