आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
२३७ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना

सारांश

  • हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ ।
  • अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
  • साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा २-३ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको छ।

 

काठमाडौं ।

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा २-३ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको छ। कोशी र मधेश प्रदेश तथा देशको पहाडी र हिमाली भूभागमा साधाराणतया बादल लागेको छ र तराईका भूभागमा आंशिक बादल लागेको छ।देशभर साधारणतया बादल लागेको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा हल्का देखि वर्षा मध्यमसम्मको भईरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भुभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको तथा देशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थान, र लुम्बिनी प्रदेशका पहाडी भुभागका केही स्थानमा र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी प्रदेशको एकरदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर–२ मा मतगणना स्थगित, ३० मतपत्र हराएको दावी
ललितपुर–२ मा मतगणना स्थगित, ३० मतपत्र हराएको दावी
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै
कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
बाग्लुङमा बाढीमा बेपत्ता सापकोटाको शव भेटियो
बाग्लुङमा बाढीमा बेपत्ता सापकोटाको शव भेटियो
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड