काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड

सारांश

  •   काठमाडौं महानगरपालिकाको ४४औँ नगर कार्यपालिकाको बैठकमा समसामयिक विषयमा छलफल भएको छ ।
  • सो क्रममा वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले हाल रिक्त रहेका २७ जना प्रहरी सहायक निरीक्षक दरबन्दीलाई मध्यनजर गर्दै खुल्ला तथा आन्तरिक प्रतिस्पर्धामार्फत कानूनी रूपमा निर्णय हुनुपर्ने प्रस्ताव पेश गरेका छन् ।
  • ‘रिक्त २७ जना असही अर्थात प्रहरी सहायक निरीक्षक दरबन्दीमा हेरेर खुल्ला र आन्तरिकबाट के गर्न सकिन्छ कानूनी हिसाबले मात्र हेरेर गर्न सकिने अवस्था छ ।

 

४ पुस, काठमाडौं । 

काठमाडौं महानगरपालिकाको ४४औँ नगर कार्यपालिकाको बैठकमा समसामयिक विषयमा छलफल भएको छ । सो क्रममा वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले हाल रिक्त रहेका २७ जना प्रहरी सहायक निरीक्षक दरबन्दीलाई मध्यनजर गर्दै खुल्ला तथा आन्तरिक प्रतिस्पर्धामार्फत कानूनी रूपमा निर्णय हुनुपर्ने प्रस्ताव पेश गरेका छन् । ‘रिक्त २७ जना असही अर्थात प्रहरी सहायक निरीक्षक दरबन्दीमा हेरेर खुल्ला र आन्तरिकबाट के गर्न सकिन्छ कानूनी हिसाबले मात्र हेरेर गर्न सकिने अवस्था छ । कानूनबाट दिन नसकिने व्यवस्था नभएकोले त्यही अनुसार प्रस्तुत पेश गर्न चाहन्छु,’ उनले भने ।

उनले कानूनले नदिएको अधिकारका आधारमा पदपूर्ति गर्न नसकिने भएकाले सोहीअनुसार प्रस्ताव पेश गरिएको जानकारी दिए । प्रस्तावमा उल्लेख गरिएअनुसार, सम्बन्धित हवलदारहरू २०७४ सालमा जवान खुल्ला पदबाट नियुक्ति भएका हुन् । नियुक्तिका क्रममा देखिएको कानूनी जटिलताका कारण उनीहरूलाई प्रहरी विनियमावली २०७२ अनुसार नियुक्ति गरिएको थियो। पाण्डेका अनुसार २०८० पछि २०७२ को विनियमावलीअनुसार स्तरवृद्धि भएको अवस्था देखिँदैन, न त प्रहरीको मापदण्डअनुसार नै त्यस्तो व्यवस्था छ । उनका अनुसार प्रहरी मापदण्डमा दोस्रो तहका कर्मचारी स्वतः तेस्रो तहमा जाने कानूनी प्रावधान छैन । यसबारे प्रहरी बललाई समेत स्पष्ट जानकारी नरहेको र कसरी यस्तो निर्णय भयो भन्ने विषयमा पनि कुनै आधिकारिक जानकारी नदेखिएको पाण्डेले उल्लेख गरे ।

दोस्रो तहको कर्मचारी र तेस्रो तहको कर्मचारी स्वत माथि जाने कानूनी प्रावधान प्रहरी मापदण्ड अनुसार पनि छैन । र यो प्रहरी बललाई पनि जानकारी छैन । कसरी निर्णय भएको त्यो पनि जानकारी छैन,’ उनले भने ।
बैठकमा वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेले आफ्नो प्रस्ताव पेश गरेसँगै नगर उपप्रमुख सुनिता डंगोलले एजेण्डामा अझैपनि स्पष्ट हुन नसकेको भन्दै थप छलफल गरि अगाडी बढ्ने बताइन् । ‘यी एजेण्डामा अझैपनि स्पष्ट हुन सकेको छैन । अहिले भएको एजेण्डामा पनि फुलीकोमा पनि स्पष्ट हुन सकेन थप छलफल गरेर मात्र अगाडी बढाउला,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ नहुने
लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ नहुने
ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा
ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा
लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा
लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा
एनपीएलमा जनकपुरको पहिलो जित
एनपीएलमा जनकपुरको पहिलो जित
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह