Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ७, २०८१
|
|
६१ पटक हेरिएको
Shares
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह

सारांश

  • आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् ।
  • काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बीचमा आजपा अध्यक्ष साहले ओली नेतृत्वको सरकार जनताको आवश्यक्ता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको दाबी गरेका छन् ।
  • वर्तमान सरकार विपक्षी दलहरुलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए ।

 

७ कार्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बीचमा आजपा अध्यक्ष साहले ओली नेतृत्वको सरकार जनताको आवश्यक्ता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको दाबी गरेका छन् । वर्तमान सरकार विपक्षी दलहरुलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान सरकारको एक सय दिनको समिक्षा गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यो सरकार भ्रष्टाचारी र विचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो ।

जनतालाई उत्साहभन्दापनि निराशा बनाउने काम गर्यो । देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो । सरकारको एक सय दिनमा प्लस खासै छैन, माईनस बढि छ । नकारात्मक बढि छ’ अध्यक्ष साहले भने । वर्तमान सरकारको काम विपक्षीहरुलाई तर्साउन र झुठा मुद्दा लगाउनेमा केन्द्रित भएको बताउँदै उनले गौरहत्याकाण्डका हत्याराहरु खुलेयाम घुम्दा सरकारले उनीहरुलाई संरक्षण दिएको बताए । आफु समर्थित पार्टीको अपराधीलाई बचाउने काममा ओली सरकार लागेको बताउदै उनले विपक्षमा रहेका पालिकाहरुमा ‘सरुवा आतंक मच्चाउने’ काम भएको टिप्पणी गरेका छन् ।

सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको गरेको ओली सरकारले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गरेको गरिरहेको बताए । जनताको आवश्यक्ता र चाहना अनुसार सेवा प्रवाह गरेर जनतामा आशा जगाउने काम गर्नुको साटो सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काममै केन्द्रित भएको बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै
कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै
एनपीएलको अभ्यास खेल: पोखरा र विराटनगर भिड्दै
एनपीएलको अभ्यास खेल: पोखरा र विराटनगर भिड्दै