ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
७९ पटक हेरिएको
Shares
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ ।
  • इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधन पछि तेलको मूल्य वृद्धि भएको हो ।
  • झण्डै सय डलर प्रति ब्यारेल रहेको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा ट्रम्पको भाषणकै दौरान उतार–चढाव आएको बीबीसीले जनाएको छ ।

१९ चैत, काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ । इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधन पछि तेलको मूल्य वृद्धि भएको हो ।झण्डै सय डलर प्रति ब्यारेल रहेको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा ट्रम्पको भाषणकै दौरान उतार–चढाव आएको बीबीसीले जनाएको छ । सम्बोधन सकिएसँगै तेलको मूल्यमा वृद्धि भएको समाचारमा उल्लेख छ ।

बीबीसीका बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा चार प्रतिशतको बढोत्तरी भएर १०५.३८ डलर पुगेको छ । ट्रम्पले होर्मुज स्ट्रेटबारे केही घोषणा गर्न सक्ने अनुमान गरिएको थियो ।तर, उनले होर्मुज स्ट्रेटबारे कुनै ‘अपडेट’ नदिएपछि तेलको मूल्यमा बढोत्तरी देखिएको बताइएको छ । होर्मुज वैश्विक अर्थव्यवस्थाका अत्यन्तै अहम मानिन्छ । विश्वमा झण्डै २० प्रतिशत ऊर्जा व्यापार यही समुद्री बाटो भएर हुने गरेको छ ।२८ फेब्रुअरीमा युद्ध सुरू भएपछि यो मार्ग लगभग बन्द छ । इरानले अमेरिकी- इजरायली हवाई हमलाको जवाफामा होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने जहाजमा हमला गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ को परीक्षामा ७३ वर्षीया महिलाको सहभागिता
कक्षा १२ को परीक्षामा ७३ वर्षीया महिलाको सहभागिता
बल्खु पुलमुनी एक पुरूषको शव फेला
बल्खु पुलमुनी एक पुरूषको शव फेला
प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल
प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
सुर्खेतमा मिनी बस दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
सुर्खेतमा मिनी बस दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
नवनियुक्त महान्यायाधिवक्ता कँडेलले लिए सपथ
नवनियुक्त महान्यायाधिवक्ता कँडेलले लिए सपथ
‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही’
‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही’
घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो
घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो