गुण्डुमा रास्वपाको घरदैलो अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
गुण्डुमा रास्वपाको घरदैलो अभियान

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ आकांक्षी उम्मेदवारले भक्तपुरको गुण्डु क्षेत्रमा घरदैलो प्रचार गरेका छन् ।
  • गुण्डु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भएको क्षेत्र पनि हो ।
  • समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत आकांक्षी प्रदीप तिमिल्सिना (साजन) को नेतृत्वमा गुण्ड क्षेत्रमा घरदैलो गरिएको हो ।

६ मंसिर, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ आकांक्षी उम्मेदवारले भक्तपुरको गुण्डु क्षेत्रमा घरदैलो प्रचार गरेका छन् । गुण्डु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भएको क्षेत्र पनि हो ।समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत आकांक्षी प्रदीप तिमिल्सिना (साजन) को नेतृत्वमा गुण्ड क्षेत्रमा घरदैलो गरिएको हो । रास्वपाले ४ पुसमा समानुपातिकतर्फ आकांक्षीहरुको सूची सार्वजनिक गरेको थियो । पार्टीले बनाएको मापदण्ड अनुसार प्रारम्भिक मतदान मार्फत उम्मेदवार छनोटको विधि बनाइएको छ । समानुपातिकतर्फका आकांक्षीलाई सबै क्षेत्रबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

समानुपातिकतर्फ प्रारम्भिक सूचीमा परेकाहरुसँग रास्वपाले हिजो सबै प्रदेशमा छलफल राखेको थियो । छनोट प्रक्रियाकै क्रममा आजका लागि घरदैलोका लागि आकांक्षीहरुलाई खटाइएको छ । ‘घरदैलो अभियानका लागि पार्टीले मलाई गुण्डुमा खटायो । र्‍यापिड एक्सन टीमको संयोजक भएको हुनाले पार्टीले मलाई खटाएको होला,’ साजनले भने ।रास्वपाले उद्दार, राहत, लगायतका काममा स्वयंसेवी काम गर्ने गरी र्‍यापिड एक्सन टीम (र्‍याट) गठन गरेको छ । युवाहरु समेटेर गठन गरिएको उक्त संगठनको संयोजकमा साजन संयोजक छन् । रास्वपाबाट समानुपातिक उम्मेदवारका आकांक्षी ३५३ जनाको नाम सार्वजनिक गरिएको छ । आन्तरिक छनोटका विधिहरु सकेर १४ पुसमा अन्तिम सूची प्रकाशित गर्ने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
खोलामा डुबेर एक किशोरको मृत्यु
खोलामा डुबेर एक किशोरको मृत्यु
एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा
एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य
इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य
बर्दियामा चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते
बर्दियामा चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते
लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा
लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति हुन्छ : प्रधानमन्त्री
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति हुन्छ : प्रधानमन्त्री
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै
नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै