Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै

सारांश

  • नक्कली भुटानी शरणार्थीको मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको छ।
  • बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ भइरहेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
  • नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगेको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ।

१८ भदौ, काठमाडौँ ।

नक्कली भुटानी शरणार्थीको मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ भइरहेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगेको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ। यस इजलासले अब सुनुवाइलाई निरन्तर अघि बढाउने वा छुटेकाहरूलाई म्याद जारी गर्ने भन्नेबारे आदेश गर्न सक्ने सूचना अधिकारी श्रेष्ठले बताए।

‘मुद्दा अन्तिम अन्तिमतिर पुगिसकेको छ। सुनुवाइ निरन्तर हुन्छ वा आदेश हुन्छ भन्ने यकिन भइसकेको छैन,’ उनले भने। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोप लागेको थियो। यस घटनामा ठगी, लिखत किर्ते, राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरको मुद्दा २०८० जेठ १० गते दायर भएको थियो।

पछि थप जाहेरीको आधारमा केशवप्रसाद दुलालसहित पाँच जनाविरूद्ध फेरि २०८१ वैशाख ९ गते पूरक अभियोग दर्ता भएको थियो र बेचन झा पक्राउ परेपछि उनीविरूद्ध साउन २९ गते पूरक अभियोग दायर भएको थियो। यस मुद्दामा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, इन्द्रजित राई, बेचन झा, पूर्वसभासद आङ्टावा शेर्पालगायत प्रतिवादी छन्।

दुई वर्ष बितिसक्दा पनि यो मुद्दाको अन्तिम किनारा भने लागिसकेको छैन। भुटानी शरणार्थीका रूपमा अमेरिका लैजाने आश्वासन दिएर आफूहरूसँग करोडौं पैसा ठगी गरेको भन्दै २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयमा ८१ जनाले उजुरी दिएका थिए।

उनीहरूले ठगी गर्ने गिरोहका प्रमुख नाइके भनेर केशव दुलाल, सानु भण्डारी लगायतविरूद्ध उजुरी दिएका थिए। आफूहरूसँग १३ करोड रूपैयाँ उठाएको भन्दै कैयन् प्रमाणसहित उनीहरूले उजुरी गरेका थिए। दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ८१ जनाको तर्फबाट सो उजुरी दर्ता गराएका थिए।

बुढाथोकी र रेग्मी दुवैले अमेरिका लैजाने भन्दै दाङमा मानिसहरू भेला गरी पैसा उठाएर गिरोहलाई बुझाएका थिए। अमेरिका जान उनीहरूको परिवारले पनि पैसा बुझाएको थियो। अमेरिका जान नपाएपछि पीडितहरूले पैसा मागेर उनीहरूलाई नै र्‍याखर्‍याख्ती पार्न थाले। त्यसपछि उनीहरूले दुलाल र गुरूङविरूद्ध कार्यालयमा उजुरी दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
बालेन-रवि वार्ता चलिरहँदा ज्वागल पुगे अमरेशसिंह
बालेन-रवि वार्ता चलिरहँदा ज्वागल पुगे अमरेशसिंह
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
स्कुल बस दुर्घटना प्रकरण  : उपचारको क्रममा एक बालकको मृत्यु
स्कुल बस दुर्घटना प्रकरण : उपचारको क्रममा एक बालकको मृत्यु
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)
स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने
स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने
डीभी परेर अमेरिका पुगेका युवक पनि भए डिपोर्ट
डीभी परेर अमेरिका पुगेका युवक पनि भए डिपोर्ट
कारको ठक्करबाट बालकको मृ*त्यु
कारको ठक्करबाट बालकको मृ*त्यु