आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
सारांश
- दुधौली नगरपालिका–८ कछुवाखाडी निवासी १७ वर्षीया अनिशा सदाको उनकै पति २२ वर्षीय दिनेश सदाले हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
- अनिशाको अत्या आरोपमा उनका पतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
- अनशिाको शव आइतबार राति आफ्नै घरको भान्साकोठामा फेला परेको थियो।

२० फागुन , सिन्धुलीका एक युवक पत्नी हत्याकाे आराेपमा पक्राउ परेका छन्। दुधौली नगरपालिका–८ कछुवाखाडी निवासी १७ वर्षीया अनिशा सदाको उनकै पति २२ वर्षीय दिनेश सदाले हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

अनिशाको अत्या आरोपमा उनका पतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनशिाको शव आइतबार राति आफ्नै घरको भान्साकोठामा फेला परेको थियो। कर्तव्य गरी हत्या गरेको आरोपमा उनका पतिलाई नियन्त्रणमा लिइएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

पहिलेदेखि नै उनीहरुबीच मनमुटाव रहेको प्रहरी अनुसन्धानले देखाएको छ। अभियुक्तले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया