सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २४, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद

सारांश

  • सर्लाहीमा प्रहरीले १६ क्विन्टल १२ के.
  • जी लागूऔषध गाँजा बरामद गरेको छ।
  • सर्लाही जिल्लाका केही भागमा लागूऔषध गाँजाको उत्पादन, प्रशोधन, भण्डारण र विक्रीवितरण भइरहेको गोप्य सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,लागूऔषध नियन्त्रण व्यूरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नेपालको नं।

 

सर्लाही।

सर्लाहीमा प्रहरीले १६ क्विन्टल १२ के.जी लागूऔषध गाँजा बरामद गरेको छ। सर्लाही जिल्लाका केही भागमा लागूऔषध गाँजाको उत्पादन, प्रशोधन, भण्डारण र विक्रीवितरण भइरहेको गोप्य सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,लागूऔषध नियन्त्रण व्यूरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नेपालको नं। १० गण सर्लाहीको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बुधबार अपरान्ह ४:३० बजेको समयमा लालबन्दी नगरपालिका, वडा नं १४, डाईनि खोला भन्दा माथी लङ्गुर डाँडामा दुईवटा दुई तल्ले घरहरु रहेको र सो घर के कुन व्यक्तिको हो भन्ने हाल यकिन नामथर नखुलेकोमा सो घरको प्रत्येक कोठाहरु कानुन बमोजिम तलासी गर्दा टाटी नभएको (खुल्ला) काठको दुई तल्ले घरको भूई तल्लामा तलासी गर्दा कोठा भित्र टिनको ड्रम हरु र प्लाष्टिकको बोराहरु फेला परेको, उक्त टिनको ड्रम र बोराहरु खोली हेर्दा लागु औषध गाँजा जस्तो देखिने पदार्थ रहेको खण्डमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

साथै सोही घरको माथिल्लो तल्लामा हरियो रङ्गको NEPATOP PLUS 500 L लेखिएको ड्रम भित्र लागु औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको र घरको उत्तरी पट्टी जस्ताले छाएको छाना भएको शौचालय खोली हेर्दा शौचालय भित्र थप ड्रम भित्र रहेको गाँजा बरामद गरिएको छ‌।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार माटोको खपडाले छाएको र काठको टाटी भएको दुई तल्ले घरको माथिल्लो तल्लामा लागु औषध गाँजा जस्तो देखिने पदार्थ सहित थप ड्रम फेला परेको र उक्त घर भन्दा अन्दाजी १०० मिटर उत्तर लागु औषध गाँजा च्याप्ने मेसिन समेत फेला परेको हुँदा उक्त लागु औषध गाँजा जस्तो देखिने पदार्थ, ड्रम, बोराहरु र लागु औषध गाँजा च्याप्ने मेसिन समेत प्रहरी टोलीले बरामद गरी जनप्रतिनिधिको रोहबरमा डिजिटल मेसिनमा नापतौल गर्दा जम्मा १६१२ के.जी .८५० ग्राम गाँजा लागु औषध र सो च्याप्ने मेसिन थान-१ समेत बरामद गरि ल्याइएको छ।

नेपाल प्रहरीको तर्फबाट प्रहरी उपरीक्षकको कमाण्डमा ८० जना र स.प्र.बल को तर्फबाट स.प्र.ना.उ को कमाण्डमा ४५ जना प्रहरी खटेर गाँजा बरामद गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
मन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन (तस्वीरहरू)
मन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन (तस्वीरहरू)
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
आज पनि बढ्यो सुनचाँदीको मूल्य
आज पनि बढ्यो सुनचाँदीको मूल्य
सिरहामा सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागुऔषध गाँजा बरामद 
सिरहामा सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागुऔषध गाँजा बरामद 
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने