सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २४, २०८१
|
|
६५ पटक हेरिएको
Shares
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद

सारांश

  • सर्लाहीमा प्रहरीले १६ क्विन्टल १२ के.
  • जी लागूऔषध गाँजा बरामद गरेको छ।
  • सर्लाही जिल्लाका केही भागमा लागूऔषध गाँजाको उत्पादन, प्रशोधन, भण्डारण र विक्रीवितरण भइरहेको गोप्य सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,लागूऔषध नियन्त्रण व्यूरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नेपालको नं।

 

सर्लाही।

सर्लाहीमा प्रहरीले १६ क्विन्टल १२ के.जी लागूऔषध गाँजा बरामद गरेको छ। सर्लाही जिल्लाका केही भागमा लागूऔषध गाँजाको उत्पादन, प्रशोधन, भण्डारण र विक्रीवितरण भइरहेको गोप्य सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,लागूऔषध नियन्त्रण व्यूरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नेपालको नं। १० गण सर्लाहीको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बुधबार अपरान्ह ४:३० बजेको समयमा लालबन्दी नगरपालिका, वडा नं १४, डाईनि खोला भन्दा माथी लङ्गुर डाँडामा दुईवटा दुई तल्ले घरहरु रहेको र सो घर के कुन व्यक्तिको हो भन्ने हाल यकिन नामथर नखुलेकोमा सो घरको प्रत्येक कोठाहरु कानुन बमोजिम तलासी गर्दा टाटी नभएको (खुल्ला) काठको दुई तल्ले घरको भूई तल्लामा तलासी गर्दा कोठा भित्र टिनको ड्रम हरु र प्लाष्टिकको बोराहरु फेला परेको, उक्त टिनको ड्रम र बोराहरु खोली हेर्दा लागु औषध गाँजा जस्तो देखिने पदार्थ रहेको खण्डमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

साथै सोही घरको माथिल्लो तल्लामा हरियो रङ्गको NEPATOP PLUS 500 L लेखिएको ड्रम भित्र लागु औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको र घरको उत्तरी पट्टी जस्ताले छाएको छाना भएको शौचालय खोली हेर्दा शौचालय भित्र थप ड्रम भित्र रहेको गाँजा बरामद गरिएको छ‌।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार माटोको खपडाले छाएको र काठको टाटी भएको दुई तल्ले घरको माथिल्लो तल्लामा लागु औषध गाँजा जस्तो देखिने पदार्थ सहित थप ड्रम फेला परेको र उक्त घर भन्दा अन्दाजी १०० मिटर उत्तर लागु औषध गाँजा च्याप्ने मेसिन समेत फेला परेको हुँदा उक्त लागु औषध गाँजा जस्तो देखिने पदार्थ, ड्रम, बोराहरु र लागु औषध गाँजा च्याप्ने मेसिन समेत प्रहरी टोलीले बरामद गरी जनप्रतिनिधिको रोहबरमा डिजिटल मेसिनमा नापतौल गर्दा जम्मा १६१२ के.जी .८५० ग्राम गाँजा लागु औषध र सो च्याप्ने मेसिन थान-१ समेत बरामद गरि ल्याइएको छ।

नेपाल प्रहरीको तर्फबाट प्रहरी उपरीक्षकको कमाण्डमा ८० जना र स.प्र.बल को तर्फबाट स.प्र.ना.उ को कमाण्डमा ४५ जना प्रहरी खटेर गाँजा बरामद गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति
रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति
रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी
रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
शिक्षामन्त्री भट्टराईकाे राष्ट्रिय किताबखानामा छड्के अनुगमन
शिक्षामन्त्री भट्टराईकाे राष्ट्रिय किताबखानामा छड्के अनुगमन
ज्येष्ठ नागरिकको रकम लुट्ने चारजना भारतीय पक्राउ
ज्येष्ठ नागरिकको रकम लुट्ने चारजना भारतीय पक्राउ
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
आजदेखि मौद्रिक नीति कार्यान्वयनमा, के—के व्यवस्था लागू भए ?
आजदेखि मौद्रिक नीति कार्यान्वयनमा, के—के व्यवस्था लागू भए ?