Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार

सारांश

  • मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरुप ‘चिउरी’ प्रदान गरेका छन् ।
  • यहाँका चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएको पेरुङ्गो (बाँसको टोकरी)मा राखेर चिउरी पठाएका हुन् ।
  • आज उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले पेरुङ्गोमा चिउरीसँगै चेपाङ समुदायले आफ्नो आशा र भरोसा पनि पठाएको उल्लेख गर्दै उक्त उपहारका लागि धन्यवाद दिनुभयो ।

२५ जेठ, काठमाडौं ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरुप ‘चिउरी’ प्रदान गरेका छन् । यहाँका चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएको पेरुङ्गो (बाँसको टोकरी)मा राखेर चिउरी पठाएका हुन् । आज उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले पेरुङ्गोमा चिउरीसँगै चेपाङ समुदायले आफ्नो आशा र भरोसा पनि पठाएको उल्लेख गर्दै उक्त उपहारका लागि धन्यवाद दिनुभयो । “चेपाङ समुदायको जीवनशैली, परम्परा, संस्कृति र जीविकोपार्जनसँग गहिरो सम्बन्ध राख्ने वनउपज चिउरीबाट म उक्त समुदायमा समृद्धी ल्याउने परिकल्पना गरिरहेको छु”,

उहाँले भन्नुभयो, “परम्परागत सीप, जैविक विविधता, आदिवासी तथा सीमान्तकृत समुदायका जीवनशैलीप्रति म सम्मान व्यक्त गर्दै चिउरी प्रवर्द्धनका कार्यक्रम ल्याउनेप्रतिबद्धता ब्यक्त गर्दछु । प्रधानमन्त्री ओलीले चिउरीको उत्पादन बढाउन र यसैमार्फत समुदायमा आर्थिक गतिविधि बढाउनका लागि कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले वन स्रोतको प्रयोगलाई केवल सालका रूख कटानमा सीमित नगरी दीगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने दिशामा लैजानुपर्ने धारणा भनाइ राख्नुभयो । प्रधानमन्त्री ओलीले चेपाङ समुदायको परम्परागत ज्ञान, जीवनशैली र चिउरीसँगको सम्बन्धप्रति सम्मान व्यक्त गर्दै यस्तो बहुआयामिक वन उत्पादको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापन, जैविक विविधता संरक्षण तथा आदिवासी जनजातिको भूमिकालाई राज्यले प्राथमिकतामा राखेको समेत उल्लेख गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य भारती पाठकले प्रधानमन्त्रीसँग भेटगर्ने क्रममा आदिवासी जनजातिको परम्परागत सीप, ज्ञान र जैविक विविधतालाई कायम राख्दै वनमा आधारित उद्यम विकास गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घकी अन्तरराष्ट्रिय अध्यक्ष समेत रहनुभएकी पाठकले मकवानपुर, चितवन र धादिङमा रहेका चेपाङ समुदायलाई आर्थिक गतिविधिमा जाड्ने उपयुक्त स्रोत चिउरी हुनसक्ने बताउनुभयो । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफूहरुले जनप्रतिनिधिमार्फत उपहार पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीका लागि पठाइएको चिउरी चेपाङ समुदायको पहिचानसँग पनि जोडिएको छ, उहाँले खुसीका साथ ग्रहण गरिदिनुभएकाले हामी हर्षित छौँ ।” चेपाङ समुदायमा छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने चलन छ । वनमा आधारित जीवनशैली अपनाउने र प्रकृतिका पुजारी चेपाङ समुदायले चिउरीको रूखलाई पनि सम्पत्ति मानेर दाइजो दिने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
पाँच बुँदे सहमतिपछि राजन सिंहले गरे अनसन स्थगित
पाँच बुँदे सहमतिपछि राजन सिंहले गरे अनसन स्थगित
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
सञ्चार मन्त्री खरेलको प्रष्टीकरण : ‘चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन’
सञ्चार मन्त्री खरेलको प्रष्टीकरण : ‘चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन’