सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १२, २०८१
|
|
३० पटक हेरिएको
Shares
सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

सारांश

  • आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो।
  • आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता सेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० को कारोबार भएको छ।
  • आज कारोबारमा आएका सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

१२ मंसिर, काठमाडौँ- आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ। आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो।

आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता सेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० को कारोबार भएको छ। आज कारोबारमा आएका सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

विशाल बजार कम्पनी, कर्णाली बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ।

वित्त समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी व्यापार समूह नौ दशमलव २७ र विकास बैंक समूह तीन दशमलव १८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रात्रिबस दिउँसो चलाउन व्यवसायीहरुको माग
रात्रिबस दिउँसो चलाउन व्यवसायीहरुको माग
काभ्रेमा बसको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु
काभ्रेमा बसको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
पोखरा महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कांग्रेसले लगायो ताला
पोखरा महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कांग्रेसले लगायो ताला
अन्तरिम सरकार बनेपछि मधेशका मुख्यमन्त्री सिंहले कुरा फेरे, भन्छन्- राजीनामा दिएको छैन
अन्तरिम सरकार बनेपछि मधेशका मुख्यमन्त्री सिंहले कुरा फेरे, भन्छन्- राजीनामा दिएको छैन
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि
विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि
उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान
उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान
एमालेको ११ औं महाधिवेशन आज
एमालेको ११ औं महाधिवेशन आज