तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २, २०८१
|
|
६२ पटक हेरिएको
Shares
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ

सारांश

  • संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले तान्जानियाको कागेरा क्षेत्रमा ‘शङ्कास्पद ‘मारबर्ग भाइरस डिजिज (एमभीडी)’ को प्रकोप देखिएको जानकारी सोमबार आफ्ना सदस्य राष्ट्रहरुलाई दिएको जनाएको छ।
  • विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जाल एक्समा भनेका छन्।
  • अहिलेसम्म नौ जनामा सङ्क्रमण देखिएको हामीलाई जानकारी प्राप्त भएको छ, जसमध्ये आठ जनाको मृत्यु भइसकेको छ।

 

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका कारण आठ जनाको मृत्यु भएको भन्दै तान्जानिया र छिमेकी मुलुकमा थप फैलिने जोखिम ‘उच्च’ रहेको चेतावनी दिएको छ। संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले तान्जानियाको कागेरा क्षेत्रमा ‘शङ्कास्पद ‘मारबर्ग भाइरस डिजिज (एमभीडी)’ को प्रकोप देखिएको जानकारी सोमबार आफ्ना सदस्य राष्ट्रहरुलाई दिएको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जाल एक्समा भनेका छन्।

अहिलेसम्म नौ जनामा सङ्क्रमण देखिएको हामीलाई जानकारी प्राप्त भएको छ, जसमध्ये आठ जनाको मृत्यु भइसकेको छ। रोगलाई फैलिन नदिन सावधानी अपनाइएको छ यद्यपि, आगामी दिनमा अझै केही थप सङ्क्रमितहरू फेला पर्न सक्ने सम्भावना छ।’ डब्ल्यूएचओले तान्जानिया सरकार र प्रभावित समुदायलाई आफ्नो पूर्ण सहयोगको आश्वासन दिएको छ। छिमेकी मुलुक रुवान्डामा तीन महिनाभन्दा बढी मारबर्गको महामारी फैलिएको डब्लुएचओले घोषणा गरेको एक महिना नबित्दै यो घोषणा गरिएको हो। डब्लुएचओका अनुसार मारबर्गले अत्यधिक संक्रामक रक्तस्रावी ज्वरो निम्त्याउँछ। यो चमेरोबाट सर्छ र इबोला जस्ता भाइरसहरूको एउटै परिवारसँग सम्बन्धित छ। मारबर्गको ज्वरोसँगै रक्तस्राव र अङ्ग फेल हुने गर्छ र भाइरस सङ्क्रमण पछि हुने मृत्यु दर ९० प्रतिशतको हाराहारीमा पुग्न सक्ने डब्लुएचओले जनाएको छ।

कागेरा क्षेत्रमा मार्च २०२३ मा पहिलो पटक मारबर्गको प्रकोप देखिएको थियो, जुन लगभग दुई महिनासम्म चलेको थियो, जसमा छ जनाको मृत्यु भएको थियो भने नौ जना सङ्क्रमित भएका थिए।उनले भने, ‘हामी छिमेकी देशहरुलाई सतर्क रहन र सम्भावित सङ्क्रमितको व्यवस्थापनका लागि तयार रहन सुझाव दिन्छौं। हामी अहिले तान्जानियासँग यात्रा वा व्यापार प्रतिबन्धको सिफारिस गर्दैनौँ।’ डब्लूएचओले भनेको छ कि मारबर्ग सजिलै फैलिँदैन। भाइरस सर्नका लागि सङ्क्रमित बिरामीको शरीरबाट आउने तरल पदार्थसँगको सम्पर्क आवश्यक पर्दछ। उनले सावधानी अपनाउन सुझाब दिँदै अगाडि भने, ‘भाइरसको सम्पर्कमा आएका व्यक्ति एक देशबाट अर्को देश वा एक समुदायबाट अर्को समुदायमा पुगेको हुनसक्ने कुरालाई नकार्न सकिँदैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
दरखोला जलविद्युत् आयोजनाको निर्माण सुरु
दरखोला जलविद्युत् आयोजनाको निर्माण सुरु
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
सुनकोसीमा डुबेर एक जनाको मृ*त्यु
सुनकोसीमा डुबेर एक जनाको मृ*त्यु
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति