सर्लाही र रौतहटबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
६७ पटक हेरिएको
Shares
सर्लाही र रौतहटबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

सारांश

  • आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।
  • प्रस्तावित खरिदको मूल्य ३९ करोड रुपैयाँभन्दा बढी हुने कम्पनीले जनाएको छ ।
  • कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेख्दै सर्लाही र रौतहटका किसानबाट सरकारले तोकेको न्यूनतम समर्थन मूल्यका आधारमा धान खरिद गर्ने प्रस्ताव अघि सारेका हुन् ।

७ असोज, काठमाडौं ।

आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । प्रस्तावित खरिदको मूल्य ३९ करोड रुपैयाँभन्दा बढी हुने कम्पनीले जनाएको छ ।कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेख्दै सर्लाही र रौतहटका किसानबाट सरकारले तोकेको न्यूनतम समर्थन मूल्यका आधारमा धान खरिद गर्ने प्रस्ताव अघि सारेका हुन् ।कम्पनीका अनुसार किसानलाई बजारसँग प्रत्यक्ष जोड्ने उद्देश्यले धान संकलन, ढुवानी, गुणस्तर परीक्षण र खरिद प्रक्रियालाई एकीकृत रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ ।

आरजु राइस मिलले किसानले न्यूनतम समर्थन मूल्यको वास्तविक लाभ लिन धान खरिद केन्द्र वा मिलसम्म पु¥याउँदा लाग्ने ढुवानी खर्चमा प्रदेश सरकारबाट सहजीकरण आवश्यक रहेको जनाएको छ । प्रदेश सरकार, स्थानीय तह, कृषि कार्यालय, किसान समूह र सहकारीसँग समन्वय गरेर संकलन र ढुवानी व्यवस्थापन गर्न सके किसानको लागत घट्ने कम्पनीको भनाइ छ । कम्पनीले २० प्रतिशत चिस्यान र पाँच प्रतिशतसम्म भुस भएको मसिनो धानका लागि प्रति क्विन्टल ३ हजार ५ सय रुपैयाँ मूल्य प्रस्ताव गरेको छ ।

चिस्यान २० प्रतिशतभन्दा कम भए प्रत्येक एक प्रतिशत कमीमा १.२ किलोग्राम बराबरको मूल्य थपिने र भुस कम भए पनि अतिरिक्त मूल्य समायोजन हुने व्यवस्था प्रस्ताव गरिएको छ । कम्पनीका अनुसार १४ प्रतिशत चिस्यान र भुसरहित धानको मूल्य प्रति क्विन्टल ३ हजार ९ सय ६२ रुपैयाँ पुग्न सक्छ । कम्पनीले न्यूनतम समर्थन मूल्यमा धान खरिद कार्यान्वयन भए स्थानीय व्यापारीले अत्यन्त कम मूल्यमा धान खरिद गर्ने प्रवृत्तिमा कमी आउन सक्ने जनाएको छ । किसानलाई निश्चित बजार, उचित मूल्य, बिचौलियामाथिको कम निर्भरता तथा कटानीपछिको नोक्सानी घटाउने उद्देश्यले यो पहल अघि बढाइएको कम्पनीको दाबी छ । साथै, किसानलाई दीर्घकालीन रूपमा चामल उद्योगसँग साझेदार बनाउने लक्ष्यसमेत रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरु आन्दोलनमा
तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरु आन्दोलनमा
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित
दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित
डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह
डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रचण्डनिवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
प्रचण्डनिवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग
सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग