न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
२१ पटक हेरिएको
Shares
न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई

सारांश

  • नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको राज्य प्रणाली असफल भयो भनेर गरिने टिप्पणीहरू बेतुकको भएको टिप्पणी गरेका छन् ।
  • बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले नेपालको संघीय राज्य प्रणाली सफलतापूर्वक अघि बढिरहेको उल्लेख गरे ।
  • नेता भट्टराईले न्यायपालिका बढी सक्रिय हुँदा अन्य संयन्त्रलाई प्रभावकारी रूपमा काम गर्न कठिन हुने पनि तर्क गरे ।

११ भदौ, काठमाडौं ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको राज्य प्रणाली असफल भयो भनेर गरिने टिप्पणीहरू बेतुकको भएको टिप्पणी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले नेपालको संघीय राज्य प्रणाली सफलतापूर्वक अघि बढिरहेको उल्लेख गरे ।

नेता भट्टराईले न्यायपालिका बढी सक्रिय हुँदा अन्य संयन्त्रलाई प्रभावकारी रूपमा काम गर्न कठिन हुने पनि तर्क गरे । ‘न्यायपालिका, कार्यपालिका र कार्यपालिकाहरू यो दश वर्षमा एकअर्काको अधिकारभित्र घुसेको जस्तो लाग्छ । न्यायपालिकाले यसमा अझ सक्रियता देखाएको जस्तो लाग्छ । न्यायपालिकाले एक्टिभिज्म देखाइदियो भने स्टेटका अरु संयन्त्रहरूलाई काम गर्न समस्या हुन्छ ।’

नेता भट्टराईले राज्य प्रणालीलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । ‘कतिपयले स्टेट फेल भयो भन्छन् । यो बेतुकको कुरा हो । हाम्रो स्टेट फेल छैन’ उनले भने, ‘हाम्रो स्टेटले अझै धेरै धेरै काम गर्नुपर्ने होला ।’

उनले थपे, ‘निर्वाचन आयोगले संविधान घोषणापछि पनि दुई वटा निर्वाचनहरू एकदमै सफलताका साथ सम्पन्न गरेको छ । यदि हाम्रो प्रदेशहरूले काम गरिराखेको छैन भने यो काम कसरी भइराखेको छ ।’

नेता भट्टराईले संविधान घोषणापछि भएका दुई पटकका निर्वाचनलाई निर्वाचन आयोगले सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै राज्य संयन्त्र निरन्तर गतिशील रहेको तर्क गरे ।

‘हाम्रो कर्मचारीतन्त्र, सुरक्षा निकाय, अदालत, राज्यका संयन्त्रहरूले राम्रोसँग काम गरिरहेका छन् । हाम्रो आवश्यकता के हो भने अझै त्योभन्दा राम्रो होस् भन्ने हो’ उनले भने, ‘४० हजार जनप्रतिनिधिलाई निर्वाचित भयौ भनेर आयोगले प्रमाणपत्र दिएको छ । दुई पटक गर्दा ८० हजारलाई दिइसक्यो । यो चानचुने कुरा होइन ।’

सचिव भट्टराईले संविधान कार्यान्वयनको प्रक्रिया ठिकै दिशामा रहेको भएपनि केही प्रावधानहरू हतारमा लेखिएका वा पर्याप्त छलफलबिनै संविधानमा समावेश भएको टिप्पणी गरे ।

‘कतिपय कुराहरू हाम्रो संविधानमा हामीले हतारमा लेख्यौं अथवा त्यसको पुष्टि नभईकन लेख्यौं । यो कुराहरू हुनसक्छ’ उनले भने, ‘हाम्रो संघीयताको मोडल पनि ठिक छ । तर यसलाई अझै सहभागितामूलक कसरी बनाउने ? सहभागितामा पनि लक्षित समूह कसरी आउँछ ? अहिले जति समानुपातिक छ, यो पनि वञ्चित समुदायलाई राज्य संयन्त्रमा जोड्नको लागि दिइएको हो।’

उनले थपे, ‘तर छनौट गर्दा हर्ताकर्तातिरबाट आयो कि भन्ने छ । यसलाई कानूनी रूपमा व्यवस्थित गर्नुपर्छ ।’ उनले संविधान संशोधनको माध्यमबाट मुलुकमा देखिएका समग्र समस्याको हल निकाल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
शरीर भेटिएको दुई दिनपछि शवको टाउको भेटियो
शरीर भेटिएको दुई दिनपछि शवको टाउको भेटियो
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित
दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने
दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित
हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
आजको मौसम पूर्वानुमान यस्तो छ
आजको मौसम पूर्वानुमान यस्तो छ
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै
बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दामामा सुनुवाइ हुँदै
बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दामामा सुनुवाइ हुँदै