अदालतको आदेशपछि शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
२३ पटक हेरिएको
Shares
अदालतको आदेशपछि शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

सारांश

  • आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब परेको छ ।
  • २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गरी ३ दिनभित्र विद्यालयमा फर्कि नियमित पठ पाठन गर्ने वातावरण बनाउन बिहीबार सर्वोच्च अदालतले आदेश दिएसँगै सरकारलाई दबाब परेको हो ।
  • ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।

१२ वैशाख काठमाडौं ।

आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब परेको छ । २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गरी ३ दिनभित्र विद्यालयमा फर्कि नियमित पठ पाठन गर्ने वातावरण बनाउन बिहीबार सर्वोच्च अदालतले आदेश दिएसँगै सरकारलाई दबाब परेको हो ।

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ । शिक्षकहरूले शैक्षिक हड्ताल गरेका कारण सामुदायिक विद्यालय ठप्प छन् । भर्ना अभियान सुरु हुन सकेको छैन । कक्षा १२ को परीक्षा सरेको छ । एसईईको उत्तर पुस्तिका परीक्षण भएको छैन । त्यसैले सर्वोच्चले तीन दिनको समय दिएपछि शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब परेको हो ।

सर्वोच्चको आदेशसँगै सरकारले पनि शिक्षक महासंघलाई वार्तामा बोलाएको छ । शिक्षकका जायज माग सम्बोधन गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । ‘सरकार वार्ता र संवादको माध्यमबाट अहिले देखिएको समस्या समाधान गर्न प्रतिबद्ध छ । शिक्षक साथीहरूलाई लचिलो भएर आउन आग्रह गर्दछु,’ शिक्षा मन्त्री रघुजी पन्तले भने, ‘ऐन कानुनको सिमा र बजेटले धान्ने सिमाभित्र रहेर समाधान खोज्न तयार छौँ ।’वार्तामा बस्न आन्दोलनरत शिक्षक महासंघ पनि तयार भएको छ । ‘नवनियुक्त मन्त्रीज्यूले बोलाउनु भएको छ । एकछिनमा हामी मन्त्रालयमा जान्छौं,’ महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । अहिले केहीबेरमा सरकार र महासंघबीच वार्ता हुदै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा
एमाले पार्टी सदस्य साढे ६ लाख पुग्यो : महासचिव पोखरेल
एमाले पार्टी सदस्य साढे ६ लाख पुग्यो : महासचिव पोखरेल
बजेट विवादमा दिएको राजीनामा दुई वर्षपछि स्वीकृत, एमाले निर्वाचित वडा अध्यक्ष शाह पदमुक्त
बजेट विवादमा दिएको राजीनामा दुई वर्षपछि स्वीकृत, एमाले निर्वाचित वडा अध्यक्ष शाह पदमुक्त
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
अमेरिका-इरान वार्ताका लागि उच्च सुरक्षासहित तयार छ इस्लामाबाद
अमेरिका-इरान वार्ताका लागि उच्च सुरक्षासहित तयार छ इस्लामाबाद
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा