सर्लाहीमा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २८, २०८३
|
|
३२ पटक हेरिएको
Shares
सर्लाहीमा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन

सारांश

  • सर्लाही जिल्लाका २० वटै स्थानीय तहका बाल क्लब प्रतिनिधिहरूको सहभागितामा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन गरिएको छ।
  • जिल्ला समन्वय समिति सर्लाहीको आयोजना तथा सेभ द चिल्ड्रेन, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र र ग्रामीण नारी उत्थान सङ्घको सहयोगमा बुधवार मलङ्गवामा आयोजित जिल्ला स्तरीय बाल भेलाले सञ्जाल गठन गरेको हो।
  • भेलाले जिल्लाका सबै स्थानीय तहको समान प्रतिनिधित्व सुनिश्चित हुने गरी २१ सदस्यीय सञ्जाल गठन गर्नुका साथै आगामी दिनमा गठन हुने प्रदेशस्तरीय बाल क्लब सञ्जालका लागि जिल्लाबाट चार प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ।

सर्लाहीमा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन

मलङ्गवा (सर्लाही), २७ जेठ । सर्लाही जिल्लाका २० वटै स्थानीय तहका बाल क्लब प्रतिनिधिहरूको सहभागितामा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन गरिएको छ।

जिल्ला समन्वय समिति सर्लाहीको आयोजना तथा सेभ द चिल्ड्रेन, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र र ग्रामीण नारी उत्थान सङ्घको सहयोगमा बुधवार मलङ्गवामा आयोजित जिल्ला स्तरीय बाल भेलाले सञ्जाल गठन गरेको हो।

भेलाले जिल्लाका सबै स्थानीय तहको समान प्रतिनिधित्व सुनिश्चित हुने गरी २१ सदस्यीय सञ्जाल गठन गर्नुका साथै आगामी दिनमा गठन हुने प्रदेशस्तरीय बाल क्लब सञ्जालका लागि जिल्लाबाट चार प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ।

भेलाबाट गोडैता नगरपालिकाका वेद प्रकाश झाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। समितिको उपाध्यक्षमा हरिपुर नगरपालिकाकी रोनिका चौधरी, सचिवमा ईश्वरपुर नगरपालिकाका आदित्य राज मिश्र तथा सहसचिवमा चक्रघट्टा गाउँपालिकाकी अम्बिका यादव चयन हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष झाले जिल्लामा बालअधिकार र बालसहभागिताका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै सबै स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा ग्रामीण नारी उत्थान सङ्घ, हरिपुरकी अध्यक्ष गोमादेवी न्यौपानेले बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा स्थानीय तहहरू सक्रिय हुनुपर्ने बताउनुभयो। राष्ट्रिय बाल अधिकार परिषद्, मधेश प्रदेशका प्रतिनिधि सञ्जीव महतोले सञ्जाल गठनले जिल्लामा बालअधिकार संरक्षण र प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले लामो समयको प्रयासपछि बाल समूह सञ्जाल गठन हुन सफल भएको बताउँदै बालअधिकार तथा बालमैत्री शासन प्रवर्द्धनका लागि आवश्यक नीतिगत, प्रशासनिक र व्यावहारिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा सहभागी सरोकारवालाहरूले बालअधिकार संरक्षण, बालसहभागिता अभिवृद्धि तथा बालमैत्री स्थानीय शासन प्रवर्द्धनप्रति ऐक्यबद्धता जनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
सडक पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा
सडक पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा
बाढीले बगाएर बेपत्ता भएका रमेशको शव फेला
बाढीले बगाएर बेपत्ता भएका रमेशको शव फेला
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरीमाना
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरीमाना
उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
ऊर्जामन्त्री खड्का चीन प्रस्थान
ऊर्जामन्त्री खड्का चीन प्रस्थान
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते