अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
२१ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र काभा बिच भलिबल खेलका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई पुरस्कार प्रदान गरेका छन्।
  • युवा तथा खेलकुद मन्त्रालयले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको २८ मंसिरको निर्णयबमोजिम पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई पुस्कार प्रदान गरेका हुन्।
  • प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ।

२३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र काभा बिच भलिबल खेलका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई पुरस्कार प्रदान गरेका छन्।

युवा तथा खेलकुद मन्त्रालयले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको २८ मंसिरको निर्णयबमोजिम पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई पुस्कार प्रदान गरेका हुन्। प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ। गत १ देखि १४ कात्तिकसम्म काठमाडौंमा भएको साफ महिला फुटबल च्याम्पियनसिपका पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत १ देखि ७ असोजसम्म भएको २०औँ एसियाली कराँते च्याप्यियनसिफका पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ।

यस्तै, गत १७ देखि २० साउनसम्म भुटानको थिम्पुमा भएको काभा बिच महिला तथा पुरुष भलिबल प्रतियोगिताका विजेता कमला पुन, मनिषकुमारी चौधरी र प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको छ। खेल क्षेबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्त्वपूर्ण योगदान दिएकोमा उनीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गरे। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरूको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको जानकारी दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर
नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु
कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु
युवतीलाई भारतमा बेच्न लगेको आरोपमा पासाङ तामाङ पक्राउ
युवतीलाई भारतमा बेच्न लगेको आरोपमा पासाङ तामाङ पक्राउ
कर्मचारीहरूको जरिवाना बापतको रकम संकलन गर्न राष्ट्र बैंकको निर्देशन
कर्मचारीहरूको जरिवाना बापतको रकम संकलन गर्न राष्ट्र बैंकको निर्देशन
२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक
२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
कृष्णबहादुर महरालाई  पूर्पक्षका लागि थुनामा पठाउन आदेश
कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश