दुई दर्जन होटेलमा क्षति, २५ अर्बको नोक्सानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
४३ पटक हेरिएको
Shares
दुई दर्जन होटेलमा क्षति, २५ अर्बको नोक्सानी

सारांश

  • होटेल संघ नेपालले जेनजी आन्दोलनका क्रममा दुई दर्जन होटेलमा क्षति पुगेको जनाएको छ ।
  • काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायत क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डसमेतका चर्चामा रहेका होटेलमा तोडफोड, आगजनी र लुटपाट भएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।
  • काठमाडौंमा रहेको हिल्टन होटेलको मात्रै आठ अर्बभन्दा बढीको क्षति भएको छ ।

२७ भदौ, काठमाडौं ।

होटेल संघ नेपालले जेनजी आन्दोलनका क्रममा दुई दर्जन होटेलमा क्षति पुगेको जनाएको छ । काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायत क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डसमेतका चर्चामा रहेका होटेलमा तोडफोड, आगजनी र लुटपाट भएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौंमा रहेको हिल्टन होटेलको मात्रै आठ अर्बभन्दा बढीको क्षति भएको छ । देशैभर करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान रहेको संघले जनाएको छ ।  यसबाट प्रभावित होटेल मर्मत सम्भार, पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने संघको भनाइ छ । दुई हजारभन्दा बढी कामदार कर्मचारीको रोजगारी प्रभावित भएको छ ।  “हाल संचालन अवरुद्ध भएका यी होटलहरूले व्यहोर्नु पर्ने बैंक तथा वित्तीय संस्थालगायत आर्थिक दायित्व नियमित रूपमा तिर्न/बुझाउन असमर्थ रहने देखिएको छ,” संघले भनेको छ ।

पब्लिक लिमिटेड कम्पनीसहितको निजी क्षेत्रमा भएको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको तत्काल शक्तिशाली अधिकारप्राप्त न्यायायिक समितिबाट जाँचबुझ गर्न संघले माग गरेको छ ।  “अपराधीलाई उचित क्षतिपूर्तिसहितको दण्ड तथा मर्मत सम्भार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराउनुपर्छ,” संघले विज्ञप्तिमा भनेको छ, “लगानीकर्ताको मनोबल कायम राख्न तथा आर्थिक स्थायित्व तथा समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्न होटेल संघ नेपाल माग गर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडा बजारको सडक विस्तारमा पुनः विवाद
हेटौँडा बजारको सडक विस्तारमा पुनः विवाद
राजावादी आन्दोलनमा सहभागी विवादास्पद धर्मगुरु खतिवडा पक्राउ
राजावादी आन्दोलनमा सहभागी विवादास्पद धर्मगुरु खतिवडा पक्राउ
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु
ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय
ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय
इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी
इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन
सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन
हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए
हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १२ अर्ब ४३ करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १२ अर्ब ४३ करोड
हट्यो प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव
हट्यो प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव