जनमतले माग्यो सभामुखको राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
१७ पटक हेरिएको
Shares
जनमतले माग्यो सभामुखको राजीनामा

सारांश

  • जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ ।
  • समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सभामुख घिमिरेले नहटाएको प्रति आपत्ति जनाउँदै जनमतले उनको राजीनामा माग गरेको हो ।
  • जनमतका प्रवक्ता शरदसिंह यादवले सोमबार विज्ञप्ति निकालेर सभामुख घिमिरे कुनै पार्टी विशेषको एउटा कार्यकर्ता बनेर आफ्नो क्षेत्राधिकार दुरुपयोग गरेको आरोप लगाए ।

१७ मंसिर, काठमाडौं । जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ । समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सभामुख घिमिरेले नहटाएको प्रति आपत्ति जनाउँदै जनमतले उनको राजीनामा माग गरेको हो ।

जनमतका प्रवक्ता शरदसिंह यादवले सोमबार विज्ञप्ति निकालेर सभामुख घिमिरे कुनै पार्टी विशेषको एउटा कार्यकर्ता बनेर आफ्नो क्षेत्राधिकार दुरुपयोग गरेको आरोप लगाए । दलको कारबाहीलाई बदर गर्दा संसद सचिवालयले दलको सर्वोच्चता हनन् गरेको जनमतले टिप्पणी गरेको छ । ‘कोही प्रतिनिधि सभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्‍यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा एमालेमा जाने

प्रतिबद्धता गर्‍यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्‍याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अबिलम्ब राजीनामा दिनुपर्दछ,’ जनमतको विज्ञप्तिमा भनिएको छ । सभामुख घिमिरेले संसदमा नश्लवादी र रंगभेदी व्यवहार देखाएको जनमतले आरोप लगाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ :सभामुख अर्याल
कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ :सभामुख अर्याल
मनसुनी वायु सक्रिय, देशैभरि वर्षा जारी
मनसुनी वायु सक्रिय, देशैभरि वर्षा जारी
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
पदभार ग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो
सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो
सर्लाही– १ मा रास्वपाकी नीतिमा कार्की विजयी
सर्लाही– १ मा रास्वपाकी नीतिमा कार्की विजयी
मलंगवामा विद्युत कटौतीविरुद्ध युवाहरूको प्रदर्शन
मलंगवामा विद्युत कटौतीविरुद्ध युवाहरूको प्रदर्शन
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना