सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ११, २०८२
|
|
१०० पटक हेरिएको
Shares
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार राजु पाण्डेले मुलुकको परिस्थिति बिग्रिदै गएपछि त्यसलाई सुधार गर्न जोखिम लिएको बताए ।
  • शनिबार रास्वपाको निर्वाचन अभियान उद्घाटन तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उनले देशको अवस्था सुधार गर्न जोखिम उठाएर एउटा सामान्य सुरक्षाकर्मीबाट प्रतिनिधि सभाको उम्मेदवार भएको बताए ।
  • उनले भने, ‘म एउटा सामान्य सुरक्षाकर्मी थिए, तर जब मुलुकको परिस्थिति बिग्रिदै गयो त्यसलाई सुधार गर्न मैले केही जोखिम मोल्नुपर्ने अवस्था सिर्जना भयो ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार राजु पाण्डेले मुलुकको परिस्थिति बिग्रिदै गएपछि त्यसलाई सुधार गर्न जोखिम लिएको बताए । शनिबार रास्वपाको निर्वाचन अभियान उद्घाटन तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उनले देशको अवस्था सुधार गर्न जोखिम उठाएर एउटा सामान्य सुरक्षाकर्मीबाट प्रतिनिधि सभाको उम्मेदवार भएको बताए । उनले भने, ‘म एउटा सामान्य सुरक्षाकर्मी थिए, तर जब मुलुकको परिस्थिति बिग्रिदै गयो त्यसलाई सुधार गर्न मैले केही जोखिम मोल्नुपर्ने अवस्था सिर्जना भयो । मैले मैदानबाट भाग्नु भन्दा परिस्थितिको सामना गर्न तयार भए । जुन मेरो पहिचान थियो इतिहासले दिएको जिम्मेवारी र कर्तव्यलाई कुशलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी राख्ने छैन् ।’

यस्तै, उनले जनताले देशमा इमान्दारपूर्वक नियम र कानूनभित्र बसेर राज्यको लागि काम गर्ने र चिल्ला कुरा गरेर जनतालाई ढाँट्नेहरुबीच भिन्नता छुट्याउने बेला आएको बताए । उनले भने, ‘देशमा जसले इमान्दारपूर्वक काम गर्न चाहन्छ, नियम, कानूनभित्र बसेर राज्यको लागि काम गर्न चाहन्छ त्यो मान्छे राम्रो हो की चिल्ला कुरा गरेर जनतालाई ढाट्नेहरु राम्रो हो ? यस्तो कुरा जनताको बुझ्न जरुरी छ । देशमा लामो समयदेखि कुशासन भयो भनेर जेनजीहरुले आन्दोलन गरेर केही घण्टामै यहाँका शासकहरु भाग्न बाध्य भएका थिए । त्यो दिन हेक्का राख्न जरुरी छ । ती जेनजस्हरुको रगतले तीनलाई कहिले शान्ति दिने छैन् ।’ कुशासन र लामो समयदेखि जनतालाई झुक्काउने, ती पुराना र स्थापित भनिएका राजनीतिक दलहरुलाई जनताले मूल्यांकन गर्ने बेला आएको पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
सभापति कप फुटबल विजेतालाई २६ लाख
सभापति कप फुटबल विजेतालाई २६ लाख
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
बाजुराको बाम्का बजारमा आगलागी: सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख सहयोग गर्ने
बाजुराको बाम्का बजारमा आगलागी: सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख सहयोग गर्ने
सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए
सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश
कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौं, संयोग पर्‍यो : योगेश भट्टराई
कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौं, संयोग पर्‍यो : योगेश भट्टराई
अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली
अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली