कबिलासीको सिर्सियामा सामुदायिक भवनको शिलान्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
कबिलासीको सिर्सियामा सामुदायिक भवनको शिलान्यास

सारांश

  • कबिलासी नगरपालिका–७, सिर्सियामा आज एक कार्यक्रमका बीच सामुदायिक भवनको शिलान्यास गरिएको छ।
  • प्रदेशसभा सदस्य उपेन्द्र महतोले उक्त भवनको शिलान्यास गर्नु भएको हो।
  • सामुदायिक उपयोगका लागि निर्माण गर्न लागिएको सो भवनको निर्माणका लागि प्रदेश सरकारबाट रू २५ लाख बजेट विनियोजन गरिएको जनाइएको छ।

वैशाख ८ , सर्लाही ।

कबिलासी नगरपालिका–७, सिर्सियामा आज एक कार्यक्रमका बीच सामुदायिक भवनको शिलान्यास गरिएको छ।प्रदेशसभा सदस्य उपेन्द्र महतोले उक्त भवनको शिलान्यास गर्नु भएको हो। सामुदायिक उपयोगका लागि निर्माण गर्न लागिएको सो भवनको निर्माणका लागि प्रदेश सरकारबाट रू २५ लाख बजेट विनियोजन गरिएको जनाइएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य महतोले ग्रामीण भेगको सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिका लागि यस्तो संरचना आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीयस्तरमै सुविधा सम्पन्न भवन निर्माण भएसँगै यहाँका बासिन्दालाई आफ्ना गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।उक्त भवन निर्माण सम्पन्न भएपछि सिर्सिया लगायत आसपासका बस्तीका बासिन्दालाई सामूहिक कार्यक्रम, सभा तथा सामाजिक कार्य सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीमा अपहरणमा परेकी बालिकाको सकुशल उद्धार
सुनसरीमा अपहरणमा परेकी बालिकाको सकुशल उद्धार
उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवाले
उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवाले
प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन
प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन
पिपरा गाउँपालिकामा इन्धनको नाममा “ब्रम्हलुट” एक वर्षमा ४० लाखको इन्धन
पिपरा गाउँपालिकामा इन्धनको नाममा “ब्रम्हलुट” एक वर्षमा ४० लाखको इन्धन
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध
हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध
हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि
हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि
जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु
जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु
खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाको नयाँ प्रसूति भवन उद्घाटन
प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाको नयाँ प्रसूति भवन उद्घाटन