सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी प्रशिक्षण 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २१, २०८२
|
|
१५८ पटक हेरिएको
Shares
जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी प्रशिक्षण 

सारांश

  • कार्यक्रममा जलवायु परिवर्तनले महिलाको जीवनयापनमा पार्ने असर, कृषि उत्पादनमा देखिएका चुनौतीहरू तथा जैविक विविधता संरक्षणमा महिलाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
  • बागमती प्रदेश सभा सदस्य भारती पाठकले असामान्य वर्षा, लामो खडेरी, बाढी, डुबान, शीतलहर र अत्यधिक गर्मीले खाद्य सुरक्षा र महिलाको दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको तथ्याङ्कसहित प्रस्तुती दिनुभयो।
  • जलवायु विशेषज्ञ हेम पाठकले मौसम र जलवायुबीचको भिन्नता स्पष्ट गर्दै विश्वव्यापी असरबारे जानकारी दिनुभयो।

 

सर्लाहीको मलङ्गवामा सोमबार जिल्ला समन्वय समिति सभाहलमा महिला जनप्रतिनिधिहरूका लागि जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी जिल्ला स्तरीय प्रशिक्षण तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जलवायु परिवर्तनले महिलाको जीवनयापनमा पार्ने असर, कृषि उत्पादनमा देखिएका चुनौतीहरू तथा जैविक विविधता संरक्षणमा महिलाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।

बागमती प्रदेश सभा सदस्य भारती पाठकले असामान्य वर्षा, लामो खडेरी, बाढी, डुबान, शीतलहर र अत्यधिक गर्मीले खाद्य सुरक्षा र महिलाको दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको तथ्याङ्कसहित प्रस्तुती दिनुभयो। जलवायु विशेषज्ञ हेम पाठकले मौसम र जलवायुबीचको भिन्नता स्पष्ट गर्दै विश्वव्यापी असरबारे जानकारी दिनुभयो। उहाँले मानव क्रियाकलापका कारण बढ्दो हरितगृह ग्यास उत्सर्जनले जलवायु संकट गहिरिँदै गएको उल्लेख गर्नुभयो।

जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष कौशल किशोर सिंहको अध्यक्षता तथा प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरहथवा नगर प्रमुख कल्पना कटुवालसहित विभिन्न पालिकाका महिला जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थानीय तहमा अपनाइएका न्यूनीकरण तथा अनुकूलनका उपायबारे अनुभव आदान–प्रदान गरेका थिए।

महिला अधिकार तथा स्रोत सञ्जालको आयोजनामा तथा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) को सहयोगमा सम्पन्न प्रशिक्षणले महिलालाई जलवायु परिवर्तन र जैविक विविधता संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका ७ स्थानबाट हुँदैछ आज एलपी ग्यास बिक्री 
काठमाडौंका ७ स्थानबाट हुँदैछ आज एलपी ग्यास बिक्री 
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ 
लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ 
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र